नुवाकोटमा उपप्रधानमन्त्री ईश्वर पोखरेलमाथि प्रचण्ड समूहको आक्रमण, केही कार्यकर्ता गम्भीर

डिसी नेपाल
१९ माघ २०७७ ११:०८

काठमाडौं। नुवाकोटमा नेकपा ओली समूह र प्रचण्ड–माधव नेपाल समूहबीच झडप भएको छ । झडप हिंसात्मक भएको बताइएको छ । झडपमा ठूलो संख्यामा कार्यकर्ता घाइते भएका छन् । केहीको अवस्था गम्भीर भएको बताइएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल कार्यक्रमको लागि गएका बेला उनीमाथि प्रचण्ड समूहले आक्रमण गरेपछि झडप भएको हो । उपप्रधानमन्त्री ईश्वर पोखरेलको गाडी तोडफोड गरिएको बताइएको छ । यद्यपि पोखरेललाई कुनै चोट लागेको भन्ने जानकारी छैन । प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *