भिडियोमा हेर्नुहोस् नुवाकोटमा यसरी भयो नेकपाका दुई गुटबीच कुटाकुट

डिसी नेपाल
१९ माघ २०७७ १३:१५

काठमाडौं। नुवाकोटमा नेकपाका दुई गुटबीच कुटाकुट भएको छ । नेकपा ओली पक्ष र दाहाल–नेपाल पक्षका कार्यकर्ताबीच झडप हुँदा केही कार्यकर्ता घाइते भएको बताइएको छ । सोमबार कार्यकर्ता भेलामा सहभागी हुन गएका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई नुवाकोट आदर्श बहुमुखी क्याम्स अगाडि दाहाल–नेपाल समूहका कार्यकर्ताले अवरोध गरेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको थियो ।

उपप्रधानमन्त्रीलाई कालो झण्डा देखाउने प्रयासमा दाहाल–नेपाल पक्षका कार्यकर्ताले बाटो नै अवरुद्ध पारेपछि ओली गुटका कार्यकर्ताले प्रतिकार गरेका थिए । दुवै गुटका कार्यकर्ता एक अर्कामाथि जाइलाग्दा केहीबेर सडकमा तनाबको स्थिति बनेको थियो । झडपमा उपप्रधानमन्त्री पोखरेलको गाडीमासमेत तोडफोड भएको बताइएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुवै पक्ष झडपमा उत्रेपछि प्रहरीले समेत बल प्रयोग गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *