महान्यायाधिवक्ताकाे प्रश्न : नेकपा दुईवटा दल भएको के प्रमाण छ ?

डिसी नेपाल
१९ माघ २०७७ १४:०३

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजदेखि विपक्षीको वशह सुरु भएको छ। आज (सोमबार) विपक्षीको तर्फबाट महान्यायधिवक्ताको कार्यालय र प्रधानमन्त्रीका तर्फबाट कानुन व्यावासायीले बहश गरेका छन्।

सुरुमा महान्यायाधीवक्ता अग्नि खरेलले वशह गरेका छन्। महान्यायाधीवक्ता खरेलले केपी ओली नेतृत्वको सरकार संविधानको धारा ७६ को उपधारा २ बमोजिम गठन भएको दाबी मान्‍ने हो भने संयुक्त सरकारमा कुन-कुन दल सहभागी छन् देखाउन विपक्षीलाई चुनौती दिए। उनले सरकार ७६ (१)  अनुसार नै भएको नेकपाको पद बाँडफाँटको संरचनाले प्रमाणित गर्ने दाबी गरेका हुन्।

‘उहाँहरुले रिट निवेदनभन्दा बाहिर गएर बहस गर्नुभएको छ। यो विरोधाभासपूर्ण छ’,  उनले भने, ‘निवेदक आफैंले धारा ७६ को २ अनुसारको भन्ने अवस्था छैन। निवेदक आफैं मुख्य सचेतक हुनुहुन्छ। पार्टी एक भएर मुख्य सचेतक, सचेतक चयन भएको देखिन्छ। संसदमा पनि दुईवटा दल देखिँदैन। नेकपा एक भइसकेको प्रमाण यो हो।’

निवेदकले ७६ (१) को सरकार भने पनि बहसका क्रममा त्यस विपरित धारणा आएको भन्दै उनले ७६(२) बमोजिमको सरकार हो भने दुई दलहरू कुन हुन् भन्ने प्रश्न गरे ।

‘राजपत्रको कुरा प्रकाशित भएपछि मात्र लागू हुन्छ भन्ने होइन । माहान्यधिवक्ता नियुक्ति हुँदाको सूचना पनि ढिलो नै प्रकाशित भएको थियो। त्यो र संसद विघटनको राजवत्र सूचना उस्तै हो। विघटन बदर गरि पाउँ भन्ने रिट हाल्ने, अनि राजपत्रमा आएको छैन भनेर प्रश्न उठाउनु उपयुक्त भएन,’ उनले भने।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *