नेकपा (प्रचण्ड नेपाल) समूहको केन्द्रीय कमिटी बैठक जारी, पार्टी नफुटेको दाबी

डिसी नेपाल
१९ माघ २०७७ १५:२३

काठमाडौं। नेकपा (प्रचण्ड–नेपाल) पक्षको केन्द्रीय कमिटी बैठक अध्यक्ष कार्की ब्यांक्वेटमा जारी छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी बैठकको सुरुमै अर्का अध्यक्ष माधव नेपालले सम्वोधन गरेका थिए।

अध्यक्ष नेपालले पार्टी नफुटेको र गुटगत गतिविधि गरेका कारण केपी शर्मा ओलीलाई कारवाही गरिएको बताएका थिए। नेपालले आफू पक्षसँग बहुमत केन्द्रीय सदस्य रहेको भन्दै आफ्नो समूह नै वैधानिक भएको दाबी पनि गरेका छन्। प्रधानमन्त्री ओलीप्रति आक्रामक देखिएका नेपालले पार्टीमाथि आँखा नलगाउने चेतावनी दिएका छन्।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकका एजेण्डा प्रस्तुत गरेका थिए। बैठकले पार्टीमन्त्री ओलीलाई पार्टीबाट निष्काशन गर्ने एजेण्डा रहेको बताइएको छ। यसअघि प्रचण्ड–नेपाल पक्षको पेरिसडाँडामा माघ ११ बसेको स्थायी कमिटी बैठकले पनि ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो।

नेताहरुले माघ ५ मा तीन दिनको अल्टिमेटमसहित उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बुझाएका थिए। तर, ओलीले स्पष्टीकरण नदिएपछि ११ गतेको बैठकले ओलीलाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो।

सोही निर्णय केन्द्रीय समितिबाट पनि अनुमोदन गराउन लागिएको  साे समूहले बताएको छ। बैठकले महासचिवबिना बैठक अघि बढाउन सहज हुनेगरी विधान संशोधन गर्दैछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *