निर्वाचन आयोगमा प्रचण्ड–माधव समूहले आधिकारिता दावी गर्ने

डिसी नेपाल
१९ माघ २०७७ १६:३७

काठमाडौं। प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित भएको नेकपाको एक समूह प्रचण्ड–माधव समूहले आफूहरु नै आधारिक भएको भन्दै निर्वाचन आयोग जाने भएको छ। सो समूहको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले आधिकारिता दावी गर्दै निर्वाचन आयोगमा जाने निर्णय गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

उनले भने, ‘पार्टीको बैठक अध्यक्ष र महासचिबले बोलाउने भन्ने हाम्रो विधानमा छ। तर, २५ प्रतिशत केन्द्रीय सदस्यले बैठक माग गरेपछि पनि बैठक बोलाउनुपर्ने व्यवस्था छ। २५ प्रतिशत केन्द्रीय सदस्यको मागअनुसार बैठक भएको र ४४१ मध्ये अत्यधिक बहुमत हामीसँग रहेकाले आधारिकता दावी गर्ने निर्णय भएको छ।’

यसअघि निर्वाचन आयोगमा प्रचण्ड–माधव समूह र ओली समूहले केन्द्रीय कमिटीमा भएको हेरफेर अपडेट गर्न भन्दै निर्वाचन आयोगमा जानकारी दिएका थिए। तर, निर्वाचन आयोगले दुबै समूहको दावीलाई अस्वीकार गर्दै दुई अध्यक्ष केपी शर्मा ओली र पुष्कमल दाहाल प्रचण्ड तथा ४४१ सदस्यीय केन्द्रीय कमिटी भएको नेकपालाई यथावत राखेको थियो।

्त्यसपछि आयोगले दुबै पक्षलाई छलफलका लागि बोलाए पनि प्रचण्ड–माधव समूहले समय मागेकाले सो छलफल हुन सकेको थिएन। ओली समूहले भने निर्वाचन आयोगलाई चुनावको तयारीमा जुट्न सुझाव दिएको थियो।

अब प्रचण्ड–माधव समूहले आधकारिकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिने भएपछि नेकपाको विवाद अर्को चरणमा प्रवेश गर्ने देखिएको छ।
यस्तै सोमबारको बैठकले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई साधारण सदस्य पनि नरहने गरी हटाएको र महासचिब विष्णु पौडेललाई महासचिबबाट हटाउने स्थायी कमिटीको निर्णयलाई अनुमोदन गरेको छ।

बैठकमा प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनबारे पनि ब्रिफिङ भएको थियो। त्यस्तै माघ २८ मा राजधानी काठमाडौंमा गरिने विरोधसभालाई सफल बनाउने विषयमा पनि निर्णय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *