प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। बुधबार साँझ पाँच बजे बस्ने गरी प्रधानमन्त्री ओलीले बैठक बोलाएको स्रोतले जनाएको छ।
यसअघि बसेको बैठकले विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्तीका लागि सिफारिस गरेको थियो। ती मध्ये केहीले पद अस्वीकार गरेका थिए। अस्वीकार गरेका पदमा पुन नियुक्तका लागि बैठक बोलाइएको स्रोतले जनाएको छ।
बैठक बस्ने सूचना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पत्रमार्फत दिइएको छ। तर सभामुख सापकोटा भने बैठकमा सहभागी नहुने उनी निकट स्रोतले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment