संवैधानिक परिषदको बैठक अनिश्चित कालका लागि स्थगित
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषदको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार साँझ पाँच बजे बस्ने गरी प्रधानमन्त्री ओलीले बोलाएको बैठक अब अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको स्रोतले जनाएको छ।
यसअघि बसेको परिषदको बैठकले विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो। ती मध्ये केहीले पद अस्वीकार गरेका थिए। अस्वीकार गरेका पदमा पुन नियुक्तिका लागि बैठक बोलाइएको स्रोतले जनाएको छ।
बैठक बस्ने सूचना प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पत्रमार्फत दिइएको थियो। तर सभामुख सापकोटा भने बैठकमा सहभागी नहुने उनी निकट स्रोतले जनाएको थियो।
यसअघि बसेको संवैधानिक परिषदको बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि गरेको सिफारिस पनि सभामुख अग्नी सापकोटाले फिर्ता गरेका थिए । अहिले अन्तिम समयमा बैठक किन स्थगित भयो भन्ने प्रस्ट छैन ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment