कोरोनाविरुद्धको नक्कली कोभिड खोप बनाउने ८० भन्दा बढी व्यक्ति पक्राउ

डिसी नेपाल
२० माघ २०७७ १६:५८
52
Shares

बीबीसी । चीनमा ८० जनाभन्दा बढी मानिसलाई कोरोनाभाइरसको नक्कली खोप बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

राजधानी बेइजिङ र पूर्वी चीनका विभिन्न स्थानमा छापा मारेर झन्डै ३,००० मात्रा नक्कली खोप बरामद भएको छ। त्यस्तो नक्कली काम गत सेप्टेम्बरदेखि सुरु भएको अनुमान गरिएको छ।

यो साताको अन्तिमतिर चिनियाँ नववर्षको उत्सव सुरु हुनुअघि चीन पाँच करोड मानिसलाई कोभिड खोप दिन प्रयासरत छ। विगतमा चीनमा म्याद सकिएका खोप वितरणसहित विभिन्न खालका जनस्वास्थ्यसँग सम्बन्धित विवादहरू उत्पन्न भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *