रुसी कोभिड खोप करिब ९२ प्रतिशत प्रभावकारी
बीबीसी । रुसद्वारा विकसित कोरोनाभाइरस विरुद्धको खोप ९१.६ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाहरूले देखाएका छन्। स्पुत्निक फाइभ खोपको तेस्रो चरणका परीक्षणका नतिजाहरू ल्यान्सट जर्नलमा प्रकाशित गरिएको हो।
करिब बीस हजार सहभागीले त्यो खोपका दुई मात्रा लिएको जनाइएको छ। ठूलो स्तरमा परीक्षण नै नगरी रुसी अधिकारीहरूले अनुमोदन गरेको भन्दै खोपलाई लिएर चिन्ताहरू व्यक्त भइरहेका थिए।
अर्जेन्टिना र बोलिभिया लगायतका देशले आफ्नो खोप कार्यक्रममा स्पुत्निक फाइभ प्रयोग गर्ने बताइसकेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment