संवैधानिक आयोगका नवनियुक्त पदाधिकारीले शपथ ग्रहण गरे

डिसी नेपाल
२१ माघ २०७७ १०:५०

काठमाडौं। मंसिर ३० मा संवैधानिक परिषदको बैठकले सिफारिस गरेका विभिन्न संवैधानिक आयोगका पदाधिकारीले आज राष्ट्रपति समक्ष शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले संवैधानिक परिषदको सिफारिस अनुसार विभिन्न आयोगका पदाधिकारीलाई आज नियुक्ती गर्दै शपथ ग्रहण गराएका हुन् ।

संवैधानिक आयोगका पदाधिकारीका लागि सिफारिस व्यक्तिहरुले संसदीय सुनुवाईमा परीक्षण हुनुपर्ने भए पनि प्रतिनिधिसभा विघटनपछि उनीहरुको सुनुवाई भने हुन सकेन। सभामुख अग्निप्रसाद सापकोटाले सुनुवाई गर्न नसकिने भन्दै संवैधानिक परिषदको सिफारिस आइतबार फिर्ता पठाएका थिए भने राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले सभामुख सापकोटाले सिफारिस फिर्ता पठाएकोमा आपत्ति प्रकट गरेका थिए।

मंसिर ३० मा बिहान बसेको संवैधानिक परिषद्को बैठक सभामुख सापकोटाले बहिस्कार गरेपछि सरकारले सोही दिन अध्यादेश जारी गर्दै बेलुका फेरि परिषद्को बैठक बसेर पदाधिकारी सिफारिस गरेको थियो। मंसिर ३० मा बसेको संवैधानिक परिषद बैठकले अख्तियार दुरुपयोग आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई र आयुक्तमा जयबहादुर चन्द तथा किशोर सिलवालको नाम सिफारिस गरेको थियो।

यी हुन् पदाधिकारी :

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

प्रमुख आयुक्त प्रेमकुमार राई

आयुक्त जयबहादुर चन्द,

आयुक्त किशोर सिलवाल

निर्वाचन आयोग

आयुक्त रामप्रसाद भण्डारी

आयुक्त डा जानकी तुलाधर

राष्ट्रिय मानवअधिकार आयोग

अध्यक्ष तपबहादुर मगर

सदस्य मनोज दुवाडी

सदस्य सूर्य ढुंगेल

सदस्य लिली बस्नेत थापा

सदस्य मीहिर ठाकुर

राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोग

जुद्ब गुरुङ

अम्मरराज मिश्र

महिला आयोग

अध्यक्ष कमला पराजुली

सदस्य कृष्णकुमारी पौडेल

सदस्य विद्याकुमारी सिन्हा

राष्ट्रिय दलित आयोग

अध्यक्ष देवराज विक

सदस्य मीना सोब

सदस्य पर्शुराम रम्तेल

सदस्य तुन्ज बराइली

मेहेले पार्की

समावेशी आयोग

अध्यक्ष रामप्रसाद खत्री

सदस्य रामचन्द्र जोशी

सदस्य रामकृष्ण तिमिल्सिना

सदस्य हरिदत्त जोशी

आदिवासी जनजाती आयोग

अध्यक्ष रामबहादुर थापा

सदस्य मिनश्रीस मगर

सदस्य मेन्चुङ लामा

सदस्य रिना राना

सदस्य चरण राई

मधेसी आयोग

सदस्य जिवत्स साह

सदस्य रेणुदेवी साह

सदस्य विजय गुप्ता

थारु आयोग

सदस्य विकास चौधरी

सदस्य वविता चौधरी

सुवोध सिंह

सदस्य भोलाराम चौधरी

मुस्लिम आयोग

सदस्य महमुद्दिन अली

सदस्य मिर्जा अरसद बेग




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *