दुई सय पचास केजी गाँजासहित पक्राउ

डिसी नेपाल
२१ माघ २०७७ १८:२३

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–१ बलाहास्थित शङ्करपुर शाखा नहरबाट २५० केजी गाँजासहित पक्राउ परेका दुई जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा गाडी चालक भोजपुर हतुवागडी गाउँपालिका–९ का २७ वर्षीय अर्जुन खड्का र धरान उपमहानगरपालिका–१ का २६ वर्षीय ज्याक्सन श्रेष्ठ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए । धनकुटाबाट को१च ९८५२ नम्बरको स्कारपियो गाडीमा राखेर सुनसरी र मोरङको बाटो प्रयोग गरेर भारततर्फ बिक्री वितरणका लागि लगिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले २५० केजी गाँजासहित स्कारपियो गाडी, खड्का र श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक जानकारी दिए । पक्राउ परेका दुवै जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान शुरु गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *