वाग्लेले शरीरदान गरेकाले मृत शरीर अस्पताललाई बुझाइयो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको मृत शरीर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई बुझाइएको छ। प्रतिष्ठानलाई वाग्लेले शरीर दान गरेकाले परिवारको सहमतिमा प्रतिष्ठानलाई बुझाइएकाे पूर्व श्रममन्त्री रामेश्वर राय यादवले जानकारी दिए।
नेकपा नेपाल–दाहाल समूहका केन्द्रीय सदस्यसमेत रहेका वाग्ले बुधबार सवारी दुर्घटनामा मृत्यु भएको थियो। राति ९ बजे सर्लाहीको बरहथवा नगरपालिका ९ मुर्तिया जंगलमा वाग्ले चडेको सवारीसाधन दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मानव अंग प्रत्यारोपण र चिकित्सासास्त्र अध्ययन गर्ने विद्यार्थीहरुको प्रयोगात्मक काममा मानव शरिर प्रयोग हुने गर्छ। नेपालमा कानुनले मान्यता दिएपछि शरिर दान गर्ने सचेतना फैलिँदै गएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment