भाग्यमानीको भुतै कमारो

डिसी नेपाल
२३ माघ २०७७ १०:४८

‘हैन ए काका,तपाइँ त अचेल शहरतिर निकै जान थाल्नु भएको देख्दा अर्कै कदम चाल्नु भएको पो हो कि जस्तो लाग्न थाल्यो है हामीलाई त।’ चौतारीको ठूलो ढुँगामा अढेस लगाएर बसिरहेको मानबीरेलाई धनेले सोध्यो।

‘मैले पनि त्यही सोध्न लागेको थिएँ, अचेल यी बुढा लुसुलुसु कता जान्छन् भनेर?’ चुरोटको लामो सर्को तान्दै अलि चर्को स्वरमा बीरेले पनि त्यही कुरा सोध्यो।

‘म मात्रै हो र, हाम्रो गाउँका सबैजना मिलेसम्म जान्छन् र सित्तैमा मासुभात खान्छन् तिमीहरुलाई चाहिँ अहिलेसम्म थाहा नभए जस्तो देखेर अचम्म लाग्यो। तिमीहरुका गाउँतिर पार्टीका गोठालाहरु आउँदैनन्?’ मानबीरेले पनि उनीहरुलाइ सोध्यो।

‘हाम्रो गाउँतिरबाट पनि मान्छेहरु राम्रो लुगा लगाएर कस्सिएर हिँडेका त देखिन्छन् तर उनीहरुलाई सोधेका छैनौँ। तपाइँ त कुरा मिल्ने मान्छे भएर पो सोधेको त।’ धनेले भन्यो।

‘त्यही त। हामी धेरैजसो आफ्नै काममा ब्यस्त हुन्छौँ। तरकारी खेती, एकैछिन छोड्न मिल्दैन। अहिले त्यतै जान लागेका हामी त। फुर्सद नभएपछि सोध्दै हिँड्ने कुरा पनि भएन र त्यता हाम्रो मन कहिले गएन पनि। अनि तपाइँ चाहिँ कता जानु भएको हो नि अचेल।’ बीरेले पनि त्यही दोहोर्यायो।

‘हेर भाइ हो, तिमीहरुले साझेदारीमा आफ्नै तरकारी खेती चलाएको र मजाले तरकारी फलाएको मलाई थाहा छ। तिमीहरुलाई आफ्नो काम छोडेर यताउता हिँडिराख्न फुर्सद पनि हुँदैन होला। त्यही भएर वल्लोपल्लो गाउँका मान्छेहरु कहाँ जाने आउने गर्छन् भनेर थाहा नहुनु र अहिलेको राजनीतिले तिमीहरुलाई नछुनु कुनै नौलो कुरा होइन। गाउँ घरमा त्यत्तिकै बसेका हामी जस्तालाई त अहिले भ्याइ नभ्याइ छ। कहिले एउटा पार्टीका कार्यकर्ता आउँछन् र उनीहरुको कार्यक्रममा गइदिन पर्यो भनेर धाउँछन्। त्यो सकेर फर्कन पाएको हुँदैन, अर्को आएर जानैपर्छ र अरुलाई पनि लानैपर्छ भन्छन्। गाउँका सबै गएपछि आफूपनि जान परिहाल्यो।’ मानबीरेले भन्यो ।

हामी देशैभरिबाट जम्मा गरेर लगिएका त्यत्रा मान्छेहरु काँधमा काँध जोडेर सँगसँगै जुलुसमा हिँडेर फेरि त्यसैगरी घण्टौंसम्म भाषण सुनेर बसेका छौँ। आधा भन्दा बढीले मास्क पनि लगाएका हुँदैनन्। लगाएकाले पनि ढंगसित लगाएका हुँदैनन्। सामाजिक हो कि भौतिक दुरी भनेको कुन चराको नाम हो कसैलाइ कुनै मतलब छैन।  मञ्चमा बस्नेले चाँही निकै गतिलो होला जस्तो देखिने मास्क पनि लगाएका हुन्छन्। त्यहाँ स्यानिटाइजर पनि राखिएको देखिन्छ र भौतिक दूरी हुने गरेर नै सोफासेट मिलाएर राखिएको हुन्छ। हामी बस्ने ठाउँमा त बस्ने भुइँ र फोहर बाहेक केही पनि हुँदैन।

‘अनि त्यहाँ गएर के पाइन्छ नि?’ बीरेले सोध्यो।

‘सबैभन्दा पहिला त राम्रैखाले बसमा चढाएर लान्छन्। बाटोमा चिया चमेनापनि गराउँछन्। उहाँ पुगेपछि एक ठाउँमा लगेर टन्न मासु भात खुवाउँछन्। त्यसपछि हातमा पार्टीको झण्डा थमाइदिन्छन्। अनि लाइन लगाएर सडक सडक नारा लगाउँदै हिँडाउँछन्। उनीहरुले नै भट्याउँछन् हामीले त कहिले जिन्दाबाद कहिले मुर्दाबाद भन्ने मात्रै हो। हाम्रो गाउँतिर तिहारमा देउसी खेलेजस्तै हो। कसैकसैले कहिलेकाहीँ जिन्दाबाद भन्ने ठाउँमा मुर्दाबाद र मुर्दाबाद भन्ने ठाउँमा जिन्दाबाद भनेको पनि सुनिन्छ। त्यस्तो बेलामा ठाउँ ठाउँमा बसेका गोठालाहरुले गाली गरेको पनि सुनिन्छ।’ अलिअलि हाँस्दै मानबीरेले भन्यो।

‘अनि अरु के के हुन्छ नि?’ बीरेले सोध्यो।

‘त्यहाँ त देशैभरिका मान्छेहरु पो देखिन्छन् त। पूर्वदेखि पश्चिमसम्मका र उत्तरदेखि दक्षिणसम्मका मान्छेहरु आउने रहेछन्। कसै कसैको त भाषापनि बुझिन्न। बोलीचाली नभएपनि उनिहरुकै कुराबाट बुझिन्छ। कुन पार्टीले बोलाएर लगेको र के कामको लागि लगेको भनेर त्यहाँ आएका आधाभन्दा धेरैले बुझेकै हुँदैनन्। हिजोअस्ती अर्को पार्टीको जुलुस र भाषणमा देखिएका तिनै मान्छेहरु आजकोमा पनि देखिन्छन्। बोक्ने झण्डामात्रै फरक हुन्छ अरु सबै एउटै हो। यो संविधान बिघटन हुन पर्छ भन्छन्, हो भन्यो। निरंकुशतन्त्र खारेज हुन पर्छ भन्छन्, हो भन्यो। तानाशाही मुर्दाबाद भन्छन्, हो भन्यो। चुनावमा सबैले भाग लिनपर्छ भन्छन्, हो भन्यो। काम चाहिँ यत्ति मात्रै हो। यति कराएर एकछिन हिँडिदिएपछि दुईदेखि पाँच हजारसम्म मान्छे हेरेर हातमा हालिदिन्छन्। एक ठाउँमा भेला भएपछि ठूला नेताले मन्चमा उभिएर जोडजोडले भाषण गर्छन्। कसले बोल्यो, के बोल्यो भन्ने नबुझेपनि अरुको नक्कल गरेर ताली पड्काउनु पर्छ। यस्तै त हो नि।’ मानबीरेले निकै उत्साहित भएर भन्यो।

‘ठूला नेताहरुसित पनि भेट हुन्छ होला नि, त्यस्तोमा?’ बीरेले सोध्यो।

‘ठूला नेता मात्रै होइन अलि ठूला कार्यकर्ताहरुसित पनि कसैको भेट हुँदैन। उनीहरु त सडकमै भएपनि भब्य किसिमले बनाइएको र मजाले सजाइएको मन्चमा राजगद्दी हो कि सिंहाशन जस्तो देखिने सोफा सेटमा कताबाट फुत्त आएर बसेकामात्रै देखिन्छन्। कोरोनाबाट बचाउको लागि त्यहाँ चाहिँ भौतिक दुरी र उच्चस्तरको स्यानिटाइजर पनि राखेको टाढैबाट देखिन्छ। उनीहरु त जुलुसमा पनि देखिँदैनन्। एकैचोटी मन्चमा बसेका र अर्को पक्षलाई गाली गर्दै मुठ्ठी कसेका मात्रै देखिन्छन्।’ मानबीरेले भन्यो।

‘भाषणमा चाहिँ के भन्छन् नि?’ धनेले सोध्यो।

‘म र हामी सबैभन्दा राम्रो,अर्को चाहिँ चोर, फटाहा, बदमास धोकेबाज, गद्दार, जाली, कपटी, स्वार्थी, अपराधी, हत्यारा, लुटेरा, भ्रष्टाचारी, स्वेच्छाचारी, निरंकुश, सर्वसत्ताबादी, प्रजातन्त्र, बिरोधी, लोकतन्त्र बिरोधी, गणतन्त्र बिरोधी, प्रतिगामी आदि आदि भन्छन्। त्यसो भन्दा मन्चको छेउछाउमा उभिएकाहरुले ताली बजाउन थाल्नासाथ हामी उभिएकाहरुले पनि ताली बजाइहाल्न पर्छ। नत्र हामीलाई लैजानेहरुले घर फर्कँदा गाली गर्छन्। बेकारमा किन गाली खानु भनेर जुन बेलापनि ताली बजाइदियो कुरै सकियो। भन्न त एउटाले अर्कोलाई पञ्चभेला गरेको भन्ने रहेछन्। जेसुकै भनुन्, आफू त गइयो घुमियो खाइयो आइयो।’ मनबीरेले हाँस्दै भन्यो।

‘फरक–फरक पार्टीको भाषणपनि एउटै हुन्छ त?’ बीरेले शंका निकाल्यो।

‘झण्डा एउटै छ रे,नाम पनि एउटै छ रे भन्छन्। मञ्चमा बस्ने र उभिनेहरुमात्रै फरक देखिन्छन्। माइक भेट्नासाथ अर्को पक्षका मुख्य नेताको नाम लिएर जानेसम्मको गाली गर्छन् र दोष थोपर्छन्। कहिलेकाँही मञ्चमै बसेकाहरु पनि अरुले नसुन्ने गरी बाझेका देखिन्छन्। जुलुसमा आउने, भाषण सुनेर तालि बजाउनेहरु सबै भेलाहरुमा उही मान्छे देखिन्छन्। कति जनासित त मेरैपनि चिनाजानी भइसक्यो।’ भनेर फेरि हाँस्यो मनबीरे।

‘ओहो, काका। तपाइँलाई त अचेल धेरै रमाइलो रहेछ। हामी त त्यस्तोमा जानै भ्याउँदैनौं। के गर्नु?’ धनेले अलि दिक्क माने जस्तो गरी भन्यो।

‘यस्तो कोरोनाको उच्च जोखिम भएको बेलामा जुलुसमा हिँड्न नहुने हो काका। रमाइलोको साथसाथै तपाईँहरुले कोरोनालाई पनि गाउँमा भित्र्याउने पक्का छ। तपाईँहरुपनि यसरी हिँड्न भएन र अरुलाइ पनि जान दिन भएन। हैन यी ठूला नेताहरु के भएका होलान्। कोरोना घटेजस्तो देखिएपनि यसको जोखिम उच्च रहेको छ र अभैmपनि पूर्ण सावधानी नअपनाए सबैतिर फैलन सक्छ भनेर प्रचार पनि भइरहेको छ। यता मान्छे भेला गर्न पनि छोडेको छैन। दोहोरो चरित्र र दोहोरो मापदण्ड भनेको यही हो।’ बीरेले जान्नेसुन्ने जस्तो गरेर भन्यो।

‘म र हामी सबैभन्दा राम्रो,अर्को चाहिँ चोर, फटाहा, बदमास धोकेबाज, गद्दार, जाली, कपटी, स्वार्थी, अपराधी, हत्यारा, लुटेरा, भ्रष्टाचारी, स्वेच्छाचारी, निरंकुश, सर्वसत्ताबादी, प्रजातन्त्र, बिरोधी, लोकतन्त्र बिरोधी, गणतन्त्र बिरोधी, प्रतिगामी आदि आदि भन्छन्। त्यसो भन्दा मन्चको छेउछाउमा उभिएकाहरुले ताली बजाउन थाल्नासाथ हामी उभिएकाहरुले पनि ताली बजाइहाल्न पर्छ। नत्र हामीलाई लैजानेहरुले घर फर्कँदा गाली गर्छन्। बेकारमा किन गाली खानु भनेर जुन बेलापनि ताली बजाइदियो कुरै सकियो।

‘अब यो कोरोनासित डर मान्न पर्ने र यसले के के न गर्ला भनेर ठान्न पर्ने केहि जरुरी छैन। हामी देशैभरिबाट जम्मा गरेर लगिएका त्यत्रा मान्छेहरु काँधमा काँध जोडेर सँगसँगै जुलुसमा हिँडेर फेरि त्यसैगरी घण्टौंसम्म भाषण सुनेर बसेका छौँ। आधा भन्दा बढीले मास्क पनि लगाएका हुँदैनन्। लगाएकाले पनि ढंगसित लगाएका हुँदैनन्। सामाजिक हो कि भौतिक दुरी भनेको कुन चराको नाम हो कसैलाइ कुनै मतलब छैन। अहिलेसम्म त्यहाँ गएर आउने र हामीजस्ता घरिघरि धाउने मध्ये कसैलाई केही भएको थाहा छैन। हामीलाई लैजाने र भाषण गर्ने नेताहरु पनि बिरामी भएको थाहा छैन। हुनत मञ्चमा बस्नेले चाँही निकै गतिलो होला जस्तो देखिने मास्क पनि लगाएका हुन्छन्। त्यहाँ स्यानिटाइजर पनि राखिएको देखिन्छ र भौतिक दूरी हुने गरेर नै सोफासेट मिलाएर राखिएको हुन्छ। हामी बस्ने ठाउँमा त बस्ने भुइँ र फोहर बाहेक केही पनि हुँदैन। कार्यक्रम सकिएपछि त्यो ठाउँको फोहर देखेर त्यसै त्यसै बान्ता आउला जस्तो भएपनि नेतादेखि कार्यकर्तासम्म सबैजना नदेखे जस्तो गरेर हिँड्छन्। आप्mनो काम सकिएपछि जोसुकैले सफा गरोस् के मतलव? आफू त बसमा चढ्यो घरतिर लाग्यो। अब त बानी लागेछ कि क्या हो, दुईचार दिन बिराएर त्यसरी हिड्ँन नपाए के के नपुगेजस्तो लाग्छ। बुझ्यौ त केटा हो।’ ज्याकेटको खल्तीबाट चुरोट झिकेर सल्काउँदै खुसी भएर मनबीरेले भन्यो।

‘त्यत्रा आन्दोलन हो कि जुलुसमा हिँडेपछि त राजनीति पनि धेरै नै बुझियो होला नि हैन त काका?’ बीरेले सोध्यो।

‘त्यहाँ राजनीतिको कुरा हुने भए बुझ्नु त हो नि। त्यहाँ त जुलुसको नारामा पनि गाली आरोप धम्की र चुनौती हुन्छ। भाषणमा पनि गाली आरोप धम्की र चुनौती नै हुन्छ। जतिजना बोल्छन् त्यतिले अर्को पक्षको दुर्गुण र खोट बाहेक केही बताउँदैनन्। कसैलाई गाली गर्न सिक्नु छ, सराप्न सिक्नु छ, निहुँ खोज्न र झिक्न सिक्नु छ, चुत्थो भाषामा आरोप लगाउन सिक्नु छ, आफ्नो उचाइ र हैसियतलाई आफैंले अवमूल्यन गर्ने गरी बोल्न सिक्नु छ भने त्यहाँ दुईचार पटक गएपछि पास भएर आफ्ना शत्रुहरुलाई नाश गर्न सक्ने भइन्छ कि जस्तो लाग्छ है मलाइ त।’ मनबीरेको भनाइ थियो।

‘अनि बस भाडा, चिया चमेना, मासु भात र पकेट खर्च समेत दिने भनेपछि त्यो रकम कहाँबाट आउँछ होला काका?’ धनेले सोध्यो।

‘एकथरिसित पहिला लुटेर खोसेर जम्मा गरेको अकुत पैसा पनि प्रशस्त छ रे, अहिलेपनि चारैतिरबाट धम्क्याएर र तर्साएर चन्दा उठाएका छन् रे। सरकारी पक्षसित त पैसाको कमी हुने कुरै आएन। अरु पार्टीहरुले पनि जतासुकैबाट चन्दा उठाउने धन्दा कायमै राखेका छन् रे। तर यो चन्दा जबरजस्ती नभएर स्वइच्छाले मात्रै उठाएको हो रे है। एकथरीले हजार मान्छे ल्यायो भने अर्काथरीले लाख ल्याउने भन्छन् र को कस्ता र कहाँका मान्छे आए भन्दा पनि कति आए भनेर टाउका गन्छन् भनेपछि हाम्रो खाँचो सबै पार्टीलाइ उत्तिकै छ। त्यही भएर गयो घुम्यो डुल्यो आयो। यसमा केही खराबी देखिन है मैले त।’ मनबीरेले भन्यो।

‘काका, तपाईँलाई त बानी परिसके जस्तो छ यसरी घुमेर हिँड्ने, कसो?’ बीरेले सोध्यो।

‘केही काम नपाएर गाउँमा हल्लिएर बसेको मान्छेलाई त्यसरी मोटर चढाएर लगेर खानपिन सहित डुलाएर घरैमा ल्याइदिए पछि को जाँदैन र? भोलि जो सुकैले जितोस् र हारेर जो सुकैको भाग्य बितोस् हामीलाई के मतलव? भोलि न उनीहरुलाई हाम्रो केही मतलब हुन्छ न हामीलाई उनीहरुको केही मतलव हुन्छ। जति सम्बन्ध हुनु अहिले नै हो। भूत र भविष्यको चिन्ता गर्न हुँदैन जे हुन्छ वर्तमानमा मात्रै हुन्छ भनेर त्यसै भनेको होइन रहेछ। त्यही भएर हाम्रो गाउँका मात्रै होइन वल्लोपल्लो गाउँका मिलेसम्म सबैजना जाने गरेका छन्। यही कारणले कति साथीहरुसित धेरै पछि भेटघाट पनि भयो। मलाई त एकदम रमाइलो लागेको छ, बाबु हो।’ चुरोटको धुलो झार्दै मनबीरेले भन्यो।

‘लौ काका, अहिलेलाई तपाईँकै रहेछ मस्ती, हामी त हिँड्यौ आफ्नो खेतीतिर।’ भन्दै उठेर बीरे र धने आफ्नो बाटो लागे।

‘चुनावको समयमा बाहेक हामी जनतालाई केही झैं नगन्ने नेताहरुले उनीहरुको स्वार्थको लागि हामीलाई पनि गिन्तीमा राख्न पर्ने अवस्था आउँदो रहेछ र जनताले पनि महत्व पाउँदो रहेछ। त्यही भएर म त यस्तोमा गइरहन्छु। भाग्यमानिको भुतै कमारो भनेको यही हो केटा हो।’ भनेर बीरे र धनेतिर हेरेर हाँस्दै मनबीरेले चुरोटको लामो सर्को तान्यो अनि आफूलाई निकै भाग्यमानी ठान्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *