म आफैं स्वतन्त्र (कविता)
को गमन, को प्रति गमन
अनुहार चालढाल बानी बेहोरा
उस्तै उस्तै छ मालिक हरुको
को क्रान्तिकारी को प्रतिक्रान्तिकारी
स्वभाव र विचार सारमा भिन्नता छैन।
तथाकथित ती सबैहरुको
आचरण र प्रवृत्तिमा फरक छैन
म हिजो पनि भोकै थिए आज पनि छु
हिजो पनि रोगको उपचार पाइन आज पनि पाइन
देश जस्तो राणाले छोडेको त्यस्तै छ।
शासक र शासक हुन खोज्ने मालिक
नागरिक भएर भोट दिने हामी रैती
स्तुती गर्ने को शुक्रकिट मा स्तुती
आरती गर्ने को डिम्बमा आरती
हामी जन्मेका छौ अविरल रुपमा त्यसरी।
जिनमै रैती रगतमा नै आरती र स्तुति
के भाको के भाको
हरेक परिवर्तन ले दासकै लालमोहर किन
प्रश्नावली थुप्रै तयार भएछन्
जनअस्पतालमा डिएनए परीक्षण।
भाट दास रैतीबाट मूक्ती का लागि
म आफै स्वतन्त्र भै
घरवाट निस्केको छु,
बाटाभरिको जिन्दावाद मूर्दावाद को
नाराहरु लाई पन्छाउदै
झुण्ड झुण्ड आ आफनो मालिकहरू को लागि
गाइएको भजन आरती स्तुती लाई छिचोल्दै।।
No ads found for this position

डिसी नेपाल
Facebook Comment