आफ्नो डम्फु सबैले बजाउँछौं

डिसी नेपाल
२५ माघ २०७७ ७:२५

मानिस लगायत सबै प्राणीले सबै भन्दा पहिले सोच्ने भनेको आफूलाई हो। आफूलाई सोच्नु जरुरी मात्रै होइन बाच्नका लागि स्वतः उत्पन्न हुने स्वचेतन भएको हुँदा यो सामान्यतया छलफलको विषय पनि होइन।

तर असामान्य परिस्थिति–आगलागी, डढेलो, पहिरो, बाढी, भुइँचालो, दुर्घटना, आँधीवेहरी, माहामारी अथवा त्यस्तै जीवन र मृत्युसँग सम्बन्धित भवितव्य वाहेक सामान्य अवस्थाहरूमा, नियमित व्यवहारमा, सामुहिक यात्रा, कृयाकलाप जस्ता दैनिक व्यवहारमा पनि आफूलाई मात्रै सोच्ने र आफ्नो मात्रै गुणगान स्वयंले अथवा समाजले लिन सक्दैन। यस्तो आफ्नो मात्रै डम्फु बजाउने प्रवृतिबाट प्रेरित व्यक्तिले आफ्नै र आफ्नो परिवारको पनि हीत गरिराखेको हुँदैन।

आफ्नो मात्र डम्फु बजाउने मानिसको उदाहरण हाम्रा समाजमा पाइलै पिच्छे पाइन्छन्। अर्को शब्दमा भन्ने हो भने आजको समाज नै व्यक्तिवादी चरित्रउन्मूख छ। व्यक्तिवादी चरित्रको विशेषता भनेको नै म जति जान्ने कोही छैन, उत्तम कोही छैन, ज्ञानी कोही छैन र म नै सर्वोत्तम हुँ भन्ने हो।

यथार्थमा जो ‘म’ ले म सर्वोपरी हुँ भन्ठान्छ त्यसले त्यो ‘म’ लाई नै बुझेको भने हुँदैन। अर्को शब्दमा भन्नु पर्दा सर्वप्रथम त एउटा ‘म’ सृजना नै दुईवटा ‘म’ हरूको समागमन विना हुँदैन। एउटा सिंगो ‘म’ बन्नमा कैयौं ‘म’ हरूले अहोरात्र वर्षोसम्म खट्नु पर्छ।

आत्मरतिवालाहरूले मायाका तानावानामा पनि आफूलाई नै माथि राखेर व्यवहार गरेका हुनसक्छन् । वैशको रंन्कामा र रतिरागात्मक आवेगमा एकअर्कोले त्यस्ता व्यवहार पचाएर व्यवहार राम्रो चल्न पनि सक्छ तर ति आत्मरतिवालाहरूले अरुहरूको अस्तित्वलाई भने स्वीकार गर्ने सक्दैनन् । समाजमा कोही सित पनि नमिल्ने परिवारहरू छ्याप्छ्याप्ती पाइन्छन् र ती त्यही आत्मरतिका विरामी हुन भनेर बुझ्नु पर्छ।

अनिमात्र एउटा पूर्ण व्यक्तित्व बन्नका लागि परिवार, छरछिमेकले मद्दत पुर्याएको हुन्छ। जो ‘म’ नै अरुबाट बनेको छु त्यो ‘म’ ले ‘म’ मात्र सोच्नु र आफ्नै धरातल र यथार्थलाई विर्सनु, आफूलाई ‘म’ बनाउनेहरूप्रति कुठाराघात गर्नु मात्र होइन मानमर्दन समेत गर्नु हो।

‘म’ मत्याई र स्वःस्तुतीगान गर्नेहरूले एउटा स्वसिर्जित हावा भरिएको मानसिकता बोकेका हुन्छन् र त्यही कल्पित मानसिकतालाई सत्य ठान्छन्। जहाँ स्वयंको वाहेक अरुको कुनै अस्तित्व नै रहँदैन। अथवा ‘म’ मात्रै सोच्ने मानिसले राम्रा काम जति सबै आफूले गरेको ठान्छ र त्यही सुनाउँछ, त्यसैको मात्र डम्फु बजाउँछ र सबै गल्तीहरू अर्काको टाउकोमा खन्याउँछ, परिवेश र परिस्थितिलाई दोष दिन्छ।

आफ्नो डम्फु बजाउने परम्पराको लामो इतिहास छ। आफ्नो डम्फूकै तालमा उफ्रनेहरूको हिजो पनि बिगबिगी थियो। आजपनि बिगबिग छ र भोलि पनि निरन्तरता हुने कुरा निश्चत छ। यसो हुनलाई आजको विश्वमा चलेको व्यक्तिवादी प्रवृतिले अझ बढी सहयोग पुर्याई राखेकोछ र पुर्याईनै रहने कुरामा कुनै संदेहपनि छैन।

हिजो संसारमा जतिपनि विनासका मानवसिर्जित घटनाहरू भए ति सबै सिमित व्यक्तिका ममत्याईले नै भए पूराणादी अथवा सबै धार्मिकवादका घटना अनि विश्वका यूद्धहरू, वाद र प्रतिवादकाद्वन्दहरू यसका उदाहरण हुन्।

आज संसारमा एक प्रकारको द्वन्द र विभाजित अवस्था चलिराखेको छ– उदाहरणको रूपमा कोभिडले जन्माएको द्वन्द्व अथवा शक्ति सम्पन्नताको होड, विकासको होड, माग र वितरणको होड, ज्ञान उत्पादन र वितरणको होड, संस्थागत होड, अनि असंस्थागत द्वन्द्व, परिवार भित्रकै द्वन्द्व, समाज भित्रको द्वन्द्व अथवा सबै प्रकारका होडवाजी र द्वन्द्वहरू आफू मात्रै सही र अरु सबै गलत देख्ने, आफूमात्रै जान्ने, अरु सबै मूर्ख देख्ने प्रवृतिले नै भएका हुन्।

प्रतिस्पर्धा हुुनु भनेको नराम्रो कुरा होइन, वादविवाद हुनु भनेको नराम्रो कुरो होइन तर नराम्रो पक्ष भनेको आफू भित्रको अस्तित्वलाई अस्वीकार गर्नु हो । अस्वीकृतिले अस्वीकृति नै जन्माउछ, तँ भन्दा म के कम भन्ने भावना जन्माउँछ । जब तुलनात्मक रूपमा एक अर्कालाई राम्रा गुणहरूलाई पर्लेल्नका लागि प्रयोग हुन्छ।

अनुशरण गर्नका लागि प्रयोग हुन्छ त्यसले समाजलाई जोड्ने काम गर्छ तर जब तँ भन्दा म के कमको भावनाले अर्कालाई होच्याउने र आफ्नो मात्रै विचार लाद्ने प्रवृति हावी हुन्छ, त्यसबेला द्वन्दले आफ्नो घर बनाउन सुरु गरिहाल्छ ।

अस्वीकृतिलाई कि त परमज्ञान प्राप्त गरेकाले पचाउन सक्छन् कि त आफ्नो अवस्थितिको बारेमा ज्ञात नै नभएकाले पचाउन सक्छन् । तर जो सामान्य समझ भएकोे मानिस छ त्यसले पचाउन सक्दैन र द्वन्दमा उत्रन्छ । यस्तो जानेर पनि भइराखेको हुन सक्छ, नजानेर पनि भइ राखेको हुन सक्छ । द्वन्द भनेको मानिसमा मात्रै हुने दुगुर्ण भने होइन ।

सबै प्राणी र यहाँ सम्मकी वनस्पतीहरूमा समेत देख्न सकिन्छ । वनस्पतिको व्यवहार सामान्यतया देख्न सकिन्न तर प्रकाश प्राप्तिमा अथवा बाँच्ने क्रममा नियाल्दा त्यो अदृष्य दृष्यलाई देख्न सकिन्छ । सेपमा हुर्केका विरुवा र घमाइलोमा हुर्केका विरुवाहरूको बढ्ने क्रमम अथवा अर्कालाई सखाप पार्ने झारहरूले रैथाने घाँसपातलाई अतिक्रमण गरेर रैथाने प्रजातीहरू पूर्णतः लोप भएका थुप्रै घटनाहरू छन् । परिस्थितिको द्वन्द बाँच्ने क्रमको द्वन्द हो तसर्थ यो सामान्य पनि हो र अप्रत्यक्ष नै रहन्छ ।

मानिस इत्तर प्राणीमा आफ्नो अवस्थितिलाई अस्वीकृति सहन नसक्ने धेरै जनावरहरू छन् । सिंह एउटा ज्वलन्त उदाहरण हो । दुइवटा वयस्क सिंह एकै स्थानमा रहदैनन । बाँदरहरूमा अस्विकृतिका थुप्रै उदाहरण भेटिन्छन् । वाँदरहरूमा फरक फरक झुण्ड बन्नु अथवा कुनै कुनै अवस्थामा एक्लै बाँदर भएको पनि हामीले जताततै देखेकै छौं । अर्थात अस्विकृतिले समाजलाई समूहलाई भाँड्छ ।

समूहगत द्वन्द सिर्जना हुन्छ र कहिले काही त्यस्ता घटनाहरू यति द्यातक बन्न पुग्छ कि एउटा समूह नामेट नै पनि हुन सक्छ । मानिसहरूमा जातिय भेद अथवा वर्गीय भेदले ठूला–ठूला नरसंहारहरू भएका घटना अझैपनि भइरेहका छन् । अफ्रिकामा वंशविनासका लडाईहरूले समाजलाई नै विरूप बनाएका धेरै उदाहरणहरू छन् । यो अस्तीत्व अस्विकारको माहारोगको जड भनेको आफै मपाईको भावना र धारणाको उपज हो जून विश्वव्यापी रूपमा विद्यमान छ ।

अस्विकृतिले समाजलाई समूहलाई भाँड्छ। समूहगत द्वन्द सिर्जना हुन्छ र कहिले काही त्यस्ता घटनाहरू यति द्यातक बन्न पुग्छ कि एउटा समूह नामेट नै पनि हुन सक्छ। मानिसहरूमा जातीय भेद अथवा वर्गीय भेदले ठूला–ठूला नरसंहारहरू भएका घटना अझैपनि भइरेहका छन्। अफ्रिकामा वंशविनासका लडाईहरूले समाजलाई नै विरूप बनाएका धेरै उदाहरणहरू छन्। यो अस्तीत्व अस्विकारको माहारोगको जड भनेको आफै मपाईको भावना र धारणाको उपज हो जून विश्वव्यापी रूपमा विद्यमान छ।

यस किसिमका रोगका परिणाम नै मानिस मानिस भित्र नै एक किसिमको अदृश्य द्वन्द सधै विद्यमान नै रहन्छ, त्यस माथि पनि जसमा म पाईको पराकाष्ट हुन्छ । उसले एकप्रकारको परापीडाबाट आनन्दको अनुभूति गर्ने लक्षणहरू पनि बोकेका हुन्छन् । अर्थात अरुलाई निचो देखाउने र आफूलाई उच्च देखाउँदा, अर्कोलाई पर्न जाने असरबाट आत्मरतिका पात्रलाई आनन्द आउँन सक्छ । यस्तो रोगलाई कसरी पहिचान गर्ने ?

मूलतः आत्मरतिको रोग सबै मानिससँग हुन्छ, ममत्याईको रोग सबैमा विद्यमान रहन्छ र प्रशंसाको भोक नहुने सायद मानिसनै हुँदैन । आत्मरति लगायत ममत्याईका रोगीको पहिचान गर्न एक प्रकारले सजिलो पनि छ र एक प्रकारले अप्ठ्यारो यस अर्थमा छ की हामी कोहीपनि आफ्ना दुगुर्णहरूलाई स्वीकार गर्न चाहदैनौ ।

आफ्नो व्यवहारलाई आफ्नो बानीलाई मूल्याङ्कन गर्न चाहदैनौं र अर्काले आफ्नो व्यवहारमा दोष देखायो भने त्यसलाई स्वीकार गर्न सक्दैनौ । पचाउन सक्दैनौ । अर्को सबैभन्दा अप्ठ्यारोमा पार्ने पक्ष भनेको हाम्रो संस्कार र संस्कृति पनि हो । जसले “वडाले जे ग-र्यो तेही हुन्छ त्यो सर्वसम्मत” सिद्धान्तलाई मान्दछ ।

वडो को त? वडो त्यो जोसँग साम, दाम, दण्ड, भेदको प्रयोग गरेर समाजमा आफ्नो वर्चश्व स्थापित गराउन सक्छ अथवा विनयले, प्रेमले, सद्भावले, सहयोगले, समताका भावले, ज्ञानले, सेवाले, परोपकारले, निष्ठाले र विश्वासले सबैको मनजिते र वडा बनेकै वा स्थापित भएको हुन सक्छ । पहिलो थरिका वडाको चै समाजमा विगविगी छ र ती चै आत्मरतिका सबै भन्दा ठूला दास हुन्छन् ।

दोश्रो प्रेम पन्थिहरू जसलाई न कसैको प्रशंसाको जरुरत हुन्छ न आलोचनाले नै दुःख्छ । बरु आलोचनालाई गुरु वाक्य मानेर आफूलाई झन् परिष्कृत गरेर समाजको लागि नयाँ दर्शन स्थापित गराई समाजमा अमनचयन बनाउन त्यस्ता वडाहरू प्रयत्नशील रहन्छन् ।

रोग पहिचान गर्न सजिलो छ । सामान्य व्यवहारबाट नै बोलीचालिबाट नै आत्मरतिको रोगलाई थाहा पाउन सकिन्छ । प्रथमतः रोग आफूमा कति छ, त्यो थाहा पाउनु पर्छ । त्यसको पहिलो सजिलो उपाय भनेको आफ्नो व्यवहारको निरीक्षण गर्नु । निरीक्षण गर्न पनि सजिलो छ । मानौं कुनै साथी सित भेट भयो । भेट भए पछिको व्यवहारलाई नियालौं ।

यदि म भेट हुने वित्तिकै साथीको कुरा नै नसुनेर आफ्नो दुखेसोको नालिबेली अथवा आफ्नो वडापनको नालिबेली सुनाउन थाले भने म आत्मरतिको रोग ग्रस्त छु भने बुझ्नु पर्छ । अथवा ठीक उसै प्रकारले भेट भएको साथीले पनि आफ्नो डोडेरो गाउनमा समय व्यतित गर्छ भने उ पनि त्यहि माहारोगको सिकार रहेछ भन्ने बुझ्नु पर्छ ।

हामीसित दुईवटा कान छन्– अनि एउटा मात्र मुख छ । कानको काम सुन्ने मात्र एकलौटी छ तर मुखको काम जीवन बचाउन खाने र अनि आवश्यकता पर्दा मात्र बोल्ने हो । मुखको सदुपयोग भन्दा पनि दूरूपयोग बढी भएको छ त्यसको प्रमुख कारण भनेको मुखलाई आत्मरतिको स्वरहरूले जतिखेर पनि थर्काई राखेर भएको छ । बोलीको ध्वनीपनि मानौं तान्डवनृत्यका लागि गीत चिच्चाई रहिएको छ ।

सानो स्वरमा बोल्दापनि दुईवटा कान भएका अगाडि अथवा पछाडिका मानिसले सुन्छन् यदि सुनेनन् भने अलिक ठूलो स्वरले बोल्न अनुरोध गर्छन् । तर ठीक विपरित विस्तारै अथवा सानो स्वरमा बोल्दा हुन्थ्यो भन्ने नजिक हुनेलाई लाग्यो भने त्यो पनि मुखको दुरूपयोग भयो । ठूलो स्वरले बोलेको भन्दा सानो स्वरले बोलेर अरुको मन जित्न सकिन्छ ।

हामी महत्वपूर्ण राम्रा मीठा कुराहरू जैले पनि मसिनो स्वरमा बोल्छौ । उदाहरणका रूपमा हामी हाम्रो कुरकुरे वैसको माया प्रितीका कुरालाई लिन सक्छौं । हामी आफूले मन परेका केटालाई अथवा मन पर्ने केटीलाई कानको झिर नै फुट्ने गरी म तिमीलाई माया गर्छु भनेको कसैले छ ?

यदि कसैले त्यसरी कर्कस स्वरमा माया गर्छ भन्यो भने सुन्नेले चै यस भित्रको नरमपन नै मरेको रहेछ, अब यसबाट काम बिग्रन्छ भन्ने नै सोच्छ। अर्थात कसैले पनि प्रेमका कुरा चर्को स्वरमा गर्दै गर्दैन । सकेसम्म म तिमीलाई माया गर्छु, मन मनै भन्छु अनि प्रेमी या प्रेमीकाले के भनेको सुनिन भन्छन् अनि फेरी फरी विस्तारै स्वमधुर स्वरमा एकअर्कोले माया प्रितीको भाषा बोल्छन् ।

ल भनौं पूर्वीय समाजमा अझै पनि मागेर विवाह गर्ने चलन छ । मायाप्रितीको तरंग विवाह पश्चात मात्रै सुरु हुन्छ । विवाह गर्ने नयाँ जोडी २–४ दिन सम्म त खुलेर बोल्न पनि धकाउँछन् । त्यस्तो परिवेशमा नव विवाहित मध्ये एकले धेरै थर्किने गरि म तिमीलाई माया गर्छु भनेको कसैले सुनेका छौं । छैनौं किनकी प्रेमको शब्द विन्यास नै मधूरताले भरिएको हुन्छ । मसिनो स्वरमा जति ठूलो तरङ्ग प्रवाह गर्ने शक्ति हुन्छ त्यति ठूलो स्वरमा हुँदैन ।

आत्मरतिवालाहरूले मायाका तानावानामा पनि आफूलाई नै माथि राखेर व्यवहार गरेका हुनसक्छन् । वैशको रंन्कामा र रतिरागात्मक आवेगमा एकअर्कोले त्यस्ता व्यवहार पचाएर व्यवहार राम्रो चल्न पनि सक्छ तर ति आत्मरतिवालाहरूले अरुहरूको अस्तित्वलाई भने स्वीकार गर्ने सक्दैनन् । समाजमा कोही सित पनि नमिल्ने परिवारहरू छ्याप्छ्याप्ती पाइन्छन् र ती त्यही आत्मरतिका विरामी हुन भनेर बुझ्नु पर्छ।

आफ्नो मात्रै डम्फु बजाउनेलाई पहिचान गर्ने सजिला उपाय आजकाल सामाजिक संचारका साधनले सर्व सुलभ बनाइ दिएको छ । एक नम्बरको साधन भनेको मोबाइल फोन हो। फोनमा जब कसैले अर्को सित सम्पर्क गर्छ त्यसको मतलब उसित भएको सूचना अर्को सम्म पु-याउनु हो । तर यथार्थमा यसको उल्टो हुन्छ।

जसले फोन उठाउँछ उ आफ्नो कथा यसरी सुनाउन थाल्छ की जसले खास कारणले फोन गरेको थियो । विचरा उनै रनभूलमा पर्छ र विर्सन्छ की फोन मैले गरेको हो की उसले गरेको हो ।

कोही कोही आफ्ना डम्फू बजाउनेहरू त यतिसम्म बजाउँछन् कि सुन्नेको कान स्वयं बज्न थाल्छ। मनमनै सोच्न बाँध्य हुन्छ, हे भगवान कुन दशा लागेर अमूकलाई फोन गर्न पुगेछु । व्यवहारिदाको कारणले ल पछि कुरा गरौंला भनेर राख्न पनि गाहारो सून्न पनि कति सम्म सुन्ने ? कोही कोही डम्फूवाला त यतिसम्म खोक्छन् कि जगतमा भएका विकासादीको जग नै उसैले बसाएको होस्।

सरकारका एउटा कुनै व्यक्तिलाई सामान्य चिनेको मात्रै पनि छ भने त मानौं त्यो देशको सम्पूर्ण शासन भार नै उसैमा टिकेको छ । कुनै कुनै मानिसहरू त खोक्न यतिसम्म खप्पिस हुन्छन्। कि मान्छे त्यो खोकाईमा विश्वास नै गर्छ अनि जब त्यो खोक्नेको हैसियत थाहा हुन्छ, त्यतिखेर कता कता आफूपनि त्यस्तो खोकाइको साक्षी बनिसकेको हुन्छ।

यो परिस्थितिमा मान्छे भिरको चिण्डो उधो न उभोको अवस्थामा पुग्न सक्छ। ठूलो देखाउने ममत्याई देखाउने र खोक्ने प्रवृतिधारीलाई सम्झाउन प्रयास गर्नु भनेको बालुवाको घर बनाउनु जस्तै हो । एकैछिन त आकृति दिन्छ तर क्षण भर मै विलाउँछ जस्ताको तस्तै । स्तुतिगान गराउनेहरूले यतिसम्म गराउँछन् कि सिधासाधाको मथिङ्गल खल्बल्याएर।

रनभूल्लमा पारेर आफ्नो स्तुती गाउन बाध्य पार्छन । कहिलेकाही राम्ररी जान्ने बुझ्नेहरू पनि त्यसप्रकारका चाटुककार डम्फूवालाको चंगुलमा फँसेर स्तुतिमानै समावेश हुन पनि पुग्छन्। नगरेको काम मैले गरेको हो, भनेर फूर्तिलाउने अथवा एक रूपया दान गरेर दशवटा संचार माध्यमहरूलाई सूचना प्रवाह गराउनेहरूको जून विगविग छ। विश्व समूदायमा त्यो तिनै स्वडम्फूले अर्कालाई पिरनेहरूको समूह हो । खाई त्यस्तो समूहको वास्तविक स्वरूपलाई चै कसरी पटापेक्ष गर्न सकिन्छ। अलि गहिरिएर नै सोच्नु पर्ने समय आएको छ ।

आजकाल साह्रै विगविगीसँग प्रचलित रहेको आत्मरतिको साधन भनेको फेसबुक हो । फेसबुकका अत्यन्त राम्रा पक्षहरू छन् – अत्यन्त प्रभावकारी र मानिसको तहलाई नै छुने सामाजिक संजाल हो ।

यसले आफ्नतलाई नजिक बनाउने, स्थितिको जानकारी गराउने र समाजलाई जोड्ने जून तारतुम्यको जगेडा गरेको छ – सायद नै अरु सामाजिक सञ्जालले गर्न सकेका छन्। तर फेसबुकले स्थापित गरेको सिक्काको अर्को पाटो भनेकै आफ्नो डम्फूमा रम्नेको लागि कृडास्थल निर्माण गरिदिनु हो । आत्मरतिको पराकाष्टाका नमूनाहरू फेसबुक, टिकटक खालका सामाजिक संजालले जति विरलै कसैले प्रस्तुत गर्न सक्लान् ।

आफूलाई प्रस्तुत गर्ने र स्तुतिगान गराउन यी सामाजिक संजालले गरेको योगदानलाई व्यक्तिवादी सिद्धान्तका अनुयायीहरूले ता मुक्त कण्ठले प्रशंसा गर्नुपर्छ । गज्जब माहारोग हो यो सामाजिक संजाल । यसले नजिककालाई चै टाढा पारेको छ अनि जसको अवस्थिति हुँदा पनि नहुँदा पनि केही फरक पर्दैन त्यस्तालाई चै जोडेको छ । अर्थात नजिककालाई विरानो र टाढाकालाई सरानो बनाएको छ ।

यति भए ता हुने नि तर त्यहाँ मनपराउने र राम्रा कुरा लेखी एकअर्कालाई फूलाउने अर्को खेल छ । जून आत्मरतिवालालाई चिनाउन यन्त्र जस्तै हो । अर्थात आफूले संचालनमा राखेको विषय वस्तुमा अर्काले चै मन पराओस भन्ने, फोन नै गरेर अथवा अन्य साधन प्रयोग गरेर भएपनि ध्यानाकर्षण गराउने तर अरुको त्यस्तो सूचनालाई भने सधै नजरअन्दाज गर्ने । यहाँसम्म डम्फूवालालाई त्यो फलानो सूचना हेर्नु भयो भनेर सोध्यो भने– वाफ रे वाफ, वहाँ त्यस्तो सस्तो साधनमा समय विताउने नै कहाँ होर ?

हे दैव दोहोरो चरित्रको पनि सिमा हुन्छनी ? सफेद झुटको खेतीको पनि सिमा हुन्छनी र माहाडम्फूको ताल र टंकार यति कडा छ कि– सर्वसाधारणहरू “हा हो पाडरी पाडरी” को रटन गर्न नै वाध्य हुन्छन्। होइन यी महाखुकुवाहरूकै– झुटको खेतीमा यो संसार त्यस्तैको रंगमा रंग मिलाएर त अगाडि बढी राखेको छैन ?

होइन यो संसार झुटकै खेती गर्नेहरूका लागि मात्र हो ? यस्तो झुटको खेतीको सबैभन्दा उर्वरक क्षेत्र राजनीति ता सदासर्वदा छँदै थियो तर अब त यसले अन्यक्षेत्र खास गरिकन सामाजिक क्षेत्रमा पनि जरा गाडी सेकेको त होइन ?

माथि नै उल्लेख गरियो की यो स्वडम्फूको मात्र तालमा नाच्दा कै परिणमा स्वरूप संसारमा अंसख्य यूद्धहरू भए र भइराखेका पनि छन् । यही अहंताका कारण मानिस मानिसमानै एकलाई मालिक र अर्कोलाई दास बनायो । यही ममत्याईको कारणले संसारले उपनिवेश जस्तो क्रुरतालाई व्यहोर्नु प¥यो । यही फोड, तोड, मोड र राज्य गरका अनीतिले संसारलाई विभाजित गरायो र आजपनि गराई नै राखेको छ ।

सीमित व्यक्तिको अहंता र स्वार्थका कारणले धरणीको परिस्थितिको नै विरूप बनायो । विकासको नामले प्रकृतिलाई धुरु धुरु रुवाई राखेको छ । कहिले बाढी बनेर, कहिले पहिरो बनेर, कहिले अकल्पीत आँधीवेरी बनेर प्रकृति चिच्चाई रहेछ तर सुन्ने कसले बुझ्ने कसले ?

किनकी मानिसलाई आफ्नो स्वार्थले अन्धो बनाएको छ। आत्मरतिमानै फूर्सद छैन, स्वबन्धुलाई अस्तित्व स्वीकार गर्ने क्षमता नै छैन ।
यो आफ्नो डम्फूको तालमा– अरु धूनहरूको तालमेल हुने दिन पनि कहिल्यै आउला ?? के पञ्चधून, नवधूनहरूको सामूहिक धून अब यो स्वडम्फूले विस्थापित गरेकै हो त ?

मान्छे मान्छेले वास्तवमा सवैथोक जानि सकेका हुन त ? जता हे¥यो उ भन्दा त्यो जान्ने, त्यो भन्दा उ जान्ने, हे बाबा ठाकुरे हो– यो भवसागरमा अलि कति बाँच्न जान्ने, अलि कतिमा रम्न जान्ने, माया र प्रेममा फुल्न मान्ने, सहअस्तित्व र सहभागितमा विश्वास गर्नेहरूको समय सकिएकै हो त ? जता हे¥यो खोक्नेरुकै बिगबिगी छ, जता हे¥यो सर्वब्रह्माण्डका ज्ञाताहरूकै बिगबिगी छ।

कसैलाई कसैको सुन्ने फुर्सद छैन, यथार्थमा हेर्दा यो संसार यो व्ययक्तिक उन्नतिका नाममा अगन्य धाजाहरूमा विभाजित भएको छ । यि धाजाहरू अझै गरिरिदै गए भने हामीले आफ्नै आमालाई पनि नचिन्ने दिन आउन बेर लाग्दैन ।

तसर्थ प्रेमलाई विश्वास गर्नेहरू, सहअस्तित्वमा विश्वास गर्नेहरू, सहयोग सद्भाव, बन्धुत्व, भाइचारामा विश्वास गर्नेहरूले अब चै चूप लागेर बस्ने बेला छैन । प्रेमको अस्त्रले यो स्वडम्फूमा तन्मय भएकाहरूलाई घच्घच्याउनु पर्छ । याद दिलाउनु पर्छ, प्रत्येक हामी आमाको रगत र बाबुको पसिना विना अनि भाईबन्धु, समाज र सामाजिक परिवेशविना तयार भएका होइनौ ।

हाम्रो व्यक्तित्व भनेको धेरै व्यक्ति सहितको प्रकृतिले तयार गरेको हो । तसर्थ ती धेरैहरूको धरोधर हो हाम्रो अस्तित्व भन्ने भावनाको जागृति गराउन जरुरी छ । जन्मदेखि मृत्युसम्मको यात्रामा साथदिने भनेको त्यही समूह हो । जसका कारण हामी मानिस भएका छौं। मानिस भएर मनुष्यको मर्म नबुझ्ने, मानवताको यथार्थ नबुझ्ने हुनु भनेको जान्ने हुनु होइन।

स्वडम्फूमा रमाएर अरुको दोहन गर्नु भनेको मानवको गुण होइन तसर्थ समस्त विकासहरू, उन्नतीहरू र प्रगतिहरू, ज्ञानहरू समग्र समाजपयोगी हुनु पर्छ। सबैको सुखमा मात्र व्ययक्तिक सुख देन्नु पर्छ नत्र मानिस भएर जन्मेको जीवनको कुनै महत्व नै रहँदैन।
। शुभम् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *