‘राष्ट्रिय एकता’ कायम गर्न नेपाली सेनाको मनोबैज्ञानिक दबाव

डिसी नेपाल
२७ माघ २०७७ ११:२१

काठमाडौं। मुलुकको सार्वभौमिकता के ले जोगिन सक्छ? राष्ट्रिय सुरक्षाका खतराहरु के के हुन् र ती कोबाट हुन्? यी र यस्तै प्रश्नहरुमाथि गम्भीर बन्न सन्देश दिँदै नेपाली सेनाले राष्ट्रिय एकताका लागि दबाव दिएको छ।

नेपाली सेनाले राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको व्यानरमा नेपालको सीमा सुरक्षाबारे सबै सुरक्षा निकाय र सरोकारवाला सरकारी निकायका उच्चअधिकारीहरु सामेल गराएर फेब्रुअरी ७ र ८ दुई दिन बृहत छलफल चलाएको थियो।

सैनिक मुख्यालय र सशस्त्र प्रहरी मुख्यालयमा एक एक दिन गरेर चलेको सोमबार सम्पन्न यो छलफल नेपालको सीमाको सन्दर्भमा जोडिएर राष्ट्रिय एकताको प्रबर्धनमा केन्द्रित गरिएको थियो।

प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा बादलसहितका मन्त्रीहरु र उच्चपदस्थ अधिकारीहरुको सहभागिता रहेको सो कार्यक्रममा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको राष्ट्रिय एकताका लागि गरेको योगदानलाई जोडेर मुलुक विखण्डन हुँदा राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षामा पर्ने असरलाई उजागर गर्ने प्रयास गरिएको थियो।

प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा बादलसहितका मन्त्रीहरु र उच्चपदस्थ अधिकारीहरुको सहभागिता रहेको सो कार्यक्रममा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको राष्ट्रिय एकताका लागि गरेको योगदानलाई जोडेर मुलुक विखण्डन हुँदा राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षामा पर्ने असरलाई उजागर गर्ने प्रयास गरिएको थियो।

राष्ट्र एकीकृत भएमात्र देशको सार्वभौमिकताको सुरक्षा गर्न सकिन्छ भन्ने सन्देश राजनीतिक तहमा प्रवाह गर्दै सो कार्यक्रममार्फत सेनाले राष्ट्रमा विवाद भए त्यो राष्ट्रिय सुरक्षामा चुनौती हुने प्रष्ट सन्देश दिएको थियो।

मनोबैज्ञानिक दवावमा केन्द्रित सो कार्यक्रम सन्दर्भमा पृथ्वीनारायण शाहको शालिकमुनि राखेर प्रधानमन्त्री, मन्त्री र उच्चपदस्थहरुको फोटो शेसन समेत गरिएको थियो।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसंगको सीमा विवाद र समाधानका प्रयासबारे धारणा राखेका थिए भने गृहमन्त्री रामबहादुर थापा बादलले सीमा क्षेत्रमा सुरक्षा फौजको उपस्थिति राम्रो बनाउने प्रतिबद्धता जनाएका थिए।

प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको सीमा रक्षामा एकीकृत सुरक्षा संयन्त्र परिचालनको आवश्यकता औंल्याएका थिए भने सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्रकुमार खनालले सीमा रक्षाका लागि अत्याधुनिक उपकरणहरु र पर्याप्त श्रोत साधनको उपलब्धताको आवश्यकताबारे जानकारी गराएका थिए।

देशको राजनीति विखण्डनतिर जाँदा नेपाली सेनाले प्रतीकात्मक सन्देश प्रवाह गर्ने गरी पुस २७ गते पृथ्वी जयन्तीको सन्दर्भ पारेर गोर्खा दरबारबाट राष्ट्रिय एकताको सन्देश दिँदै काठमाडौंसम्म पैदलमार्च गरेको थियो।

तरल राजनीतिक अवस्थाका बेला नेपाली सेनाका सेनापति थापाले मुलुकका सुरक्षा, कुटनीतिक र प्रशासनिक निकायका उच्चपदस्थहरुलाई एकैठाउँ भेला गराए राष्ट्रिय सुरक्षा र सीमाका सन्दर्भमा केन्द्रीत गर्नुले सीमा मिच्ने कार्यमा संलग्नमात्र होइन मुलुकभित्रको राजनीतिलाई विखण्डित पार्न सत्रिय रहेकोमा आरोपित भएको छिमेकी मुलुक भारतलाई स्पष्ट सन्देश पुगेको छ।

राजनीतिक तहमा जुनसुकै अवस्था आए पनि मुलुकको सुरक्षा र सीमा रक्षाका सन्दर्भमा देश एक ठाउंमा छ भन्ने सन्देश सेनापति थापाले दिएको छन्।

भ्रष्टाचार र अन्य अनियमित कार्यजस्ता आन्तरिक वेथितिहरुमाथि निर्मम प्रहार गरेर सेनालाई चुस्त, दुरुस्त राख्ने कार्यमा सफलता पाएका सेनापति थापाले मुलुकको सार्भभौमिकता र अखण्डताका बारेमा भारतीय सेनापति मनोजमुकुन्द नरभणेको नेपाल भ्रमणताका पनि पर्याप्त सन्देश दिन सफल भएका थिए।

त्यसयता पनि नेपालका मुख्य पार्टीका नेताहरुलाई पनि लगातारको राजनीतिक अस्थिरताले मुलुकको सुरक्षामा चुनौती थप हुने भन्दै विभिन्न माध्यमबाट सेनाले सन्देश प्रवाह गरिरहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *