निर्वाचन अयोगबाट निस्किने बेलामा ओलीले सूर्य चिन्ह र आधिकारिकतामा यसरी गरे दाबी
काठमाडौं। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीका विषयमा जानकारी लिन निर्वाचन आयोग गएका थिए। सुरुमा पार्टी आधिकारिकता दाबी गर्न प्रधानमन्त्री ओली आयोग गएको बताइएपनि आयोगसँगको छलफलपछि प्रधानमन्त्रीका प्रवक्ता र सल्लाहकारले आयोगमा पार्टी होइन, सरकार आएको भन्दै आधिकारिकता दाबी नगरिएको जनाएका थिए।
आयोगमा झण्डै एक घण्टा बिताएका प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीसँगै चुनाव चिन्हका विषयमा पनि आफ्नो धारणा राखेका थिए। आयोगबाट निस्किने बेलामा ओलीले चुनाव चिन्ह र आधिकारिकतामाथि दाबी गरेका हुन्। ओलीले आफू जन्मिँदै सूर्य चिन्हबाट जन्मिएको दाबी गरेका छन्।
पार्टीको आधिकारिकता र चुनाव चिन्हका विषयमा निर्वाचन आयोगले फैसला गरी नसकेको अवस्थामा प्रधानमन्त्री ओलीले आफू सूर्य चिन्हबाट निर्वाचन लडी झण्डै दुई तिहाइको प्रधानमन्त्रीको बनेको र त्यही हैसियतले अबको निर्वाचनमा आफूले नै सूर्य चिन्ह पाउनुपर्ने जिकिर पेश गरेका थिए।
पछिल्लो निर्वाचन पनि प्रचण्डले सूर्य चिन्हबाट नलडेको भन्दै आफूले चुनाव चिन्ह सूर्यबाट लड्न आग्रह गरेपनि प्रचण्डले हँसिया हथाैडाबाटै चुनाव लडेर आएको हुनाले प्रचण्डले सूर्य चिन्ह दाबी गर्न नमिल्ने ओलीले तर्क गरेका छन्।
प्रमुख निर्वाचन आयुक्त र अन्य आयुक्तले प्रश्न नगरी प्रधानमन्त्री ओलीले आफैंले प्रसंग निकालेर सूर्य चिन्हको दाबी पेश गरेका हुन्। ओलीले सूर्य चिन्हबाटै आफू जिन्मएको र अहिलेको अवस्थामा आइपुगेको वृतान्त सुनाएका थिए।
ओलीले प्रचण्डले सूर्य चिन्ह दाबी नमिल्ने तर्क गरे। पछिल्लो निर्वाचन पनि प्रचण्डले सूर्य चिन्हबाट नलडेको भन्दै आफूले चुनाव चिन्ह सूर्यबाट लड्न आग्रह गरेपनि प्रचण्डले हँसिया हथाैडाबाटै चुनाव लडेर आएको हुनाले प्रचण्डले सूर्य चिन्ह दाबी गर्न नमिल्ने ओलीले तर्क गरेका छन्।
ओलीले सूर्य चिन्हमाथि दाबी गर्दा पार्टीको आधिकारिक व्यक्ति आफू नै भएको भन्न पनि बिर्सिनन्। ओलीसँगै निर्वाचन आयोग पुगेका नेकपाका एक उच्च नेताका अनुसार ओलीले आयोगमा आयोगमा यसो भनेः
म त सदासर्वदा चुनाव लडेको मान्छे, चुनाव लड्दा सधैं सूर्य चिन्हबाटै लडेको हुँ। अन्तिम पटक जुन विघटन भयो, त्यो विघटन गर्ने सरकारको प्रमुख झण्डै दुई तिहाइ बहुमतको सरकार बन्दा पनि म सूर्य चिन्हबाटै चुनाव लडेको मान्छे हुँ।
म नेकपा नेकपा एमालेको निर्वाचित अध्यक्ष, प्रचण्डजी नेकपा माओवादी केन्द्रको निर्वाचित अध्यक्ष, हामी दुई जनाले पार्टी एकीकरण गरेको घोषणा गरेका हौं। र यो जतिपनि कमिटीहरु छन्, सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी त्यो सबै हामी (म र प्रचण्ड) ले मनोनित गरेका हौं। स्थिति त्यो हो।
त्यो चुनावमा पनि म सूर्य चिन्हबाटै लडेको थिएँ। दुईवटाको बीचमा एकताको घोषणा गर्दा त्यो भन्दा अगाडि हामीले मिलेर लडेको जुन चुनाव छ, त्यसमा सूर्य चिन्ह नै लिएर जाऔं, त्यसो भयो भने भोट धेरै आउँछ भनेर मैले नै प्रस्ताव गरेको हो, राम्रो हुन्छ, सबैले चिनेका छन् भन्दा प्रचण्डजी अघिल्लो दिन मान्नु भयो, भोलिपल्ट एकता हुने बेलामा उहाँ मान्नु भएन।
केही समय विवाद भयो, पछि हामीले मिलाएर गयौं, चुनावमा मैले सूर्य चिन्हबाट लडेँ, उहाँले हँसिया हथाैडाबाट लड्नु भयो। यो अन्यौलले गर्दा झण्डै दश लाख भोट हाम्रो बदर भयो। त्यसैले म त जन्मिदै सूर्य चिन्ह हो। सूर्य चिन्ह हाम्रो भन्दा अरु कसको हुन्छ होला र?
No ads found for this position


Facebook Comment