ब्यङग्य कविता : ह्यप्पी भ्यालेन्टाइन
भ्यालेन्टाइन भन्दै फूल दियो
भोली सबै भुल्दियो
पर्सी अर्कै सँग डुल्दियो
यस्तो चलन खै कस्ले हुल्दियो?
अर्काको चलन जस्तो नि हुल्यो
आफ्नो सँस्कृति सबै भुल्यो।
दिल दिए पो दिगो हुन्थ्यो
एक अर्काको मनमा छुन्थ्यो
एउटाका कुरा अर्काले सुन्थ्यो
सँगै हाँस्थ्यो सँगै रुन्थ्यो
फूल दिएर ला को माया
उत्तिखेरै दायाँ र बायाँ
फूल जस्तै फूस्स हुनि
के को हुन्थ्यो दिल छुनि।
फूलमा जसरी भँमरा बस्छ
एउटा चुसेर अर्कामा पस्छ
छानि-छानि फूल ति डस्छ
उड्छ भँमरो फूल चाँहि खस्छ
प्रेमलाई बनाए अति सस्तो
त्यहि फूल अनि भँमरा जस्तो।
फूलका बोटको नि सत्यानाश
प्रेम शब्दको उपहास
दिवशका नाममा छरेर भ्रम
आकर्षणलाइ भनेउ प्रेम
दिन दुस्खीमा छैन प्यार
हत्या हिम्सा बलत्कार
कस्तो बतासे चलन आयो
फूल दियो माया लायो।
दिल नसाँटी फूल साँट्यो
मनका कुरा सबै ढाँट्यो
ढाँटेका कुरा र साँटेको फूल
प्रेमका नाममा गर्दियो भूल
पियो सँगै बियर र वाइन
भन्दियो ह्याप्पी भ्यालेन्टाइन।
(ब्यङग्य कवि पहिलो ब्यङग्यकाब्य ‘कोइलीुका समेत लेखक हुन्)
No ads found for this position

डिसी नेपाल
Facebook Comment