मलेसियामा काम दिलाइदिने भन्दै नेपालीमाथि ठगी
क्वाललम्पुर। अवैधानिकरुपमा मलेसियामा बसिरहेका नेपाली कामदारलाई काम दिने भन्दै पैसा उठाएर ठगी गर्नेहरुको विगविगी बढेको छ। महामारीका कारण रोजगारी गुमाए पनि केही काम पाइन्छ कि भनेर स्वदेश फर्किन नसकी मलेसियामै अड्एिका नेपालीहरुलाई रोजगारीको लोभ देखाएर ३० हजार रुपैंया ठगी गरेको पीडितहरुले डिसी नेपाललाई बताएका छन्।
मलेसियाको अन्तर्राष्ट्रिय इलोक्ट्रोकिन कम्पनी वअथ मा कार्यरत सुभन खान भनिने व्यक्तिले मलेसिया को वअथ कम्पनीमा काम लगाइदिए बातप एक जना बराबर एक हजार मलेसियन रिङ्गेट (करिब नेपाली ३० हजार) लिने गरेका छन्। उनीमार्फत ठगीमा परेका केही पीडितहरुले नेपाली मजदुर एकता समाजलाई आफूहरु ठगीमा परेको जानकारी गराएसँगै कामदार ठगी गर्ने दलालबारे आवश्यक प्रोसेस भैरहेको नेपाली मजदुर एकता समाजका मलेसिया समिति अध्यक्ष रामप्रसाद सुवेदीले डिसी नेपाललाई बताए।
खानसँग यो विषयमा कुरा गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन। डिसी नेपालले खानसँग पटक पटक फोनमा कुरा गर्ने कोसिस गरे पनि उनको फोन नै उठेन।
सुरक्षाको कारण देखाउदै नाम सार्वजनिक गर्न नचाहने नेपाली श्रमिकहरुले आफूजस्तै धेरै नेपालीहरु विभिन्न दलालहरुमार्फत यसरी ठगिएको हुन सक्ने र आफूहरु ठगीमा परे पनि अन्य नेपाली दाजुभाइ दिदिबहिनीहरु ठगीमा पर्न्बाट सचेत हुन भन्ने उद्देश्यले आफूहरुले मजदुर समाजलाई जानकारी गराएको वताएका छन्।
यस्तै यस घटनाबारे डिसी नेपालले नेपाली मजदुर एकता समाजसंग थप बुझ्ने प्रयास गरेको थियो यो बारेमा हामीले जिज्ञासा राख्दा मलेसियामै कार्यरत नेपाली मजदुर एकता समाजका केन्द्रीय महासचिव समर्पण भट्टराईले आफुहरुलाई घटनावारे पीडितहरुले मौखिक जानकारी गराएको र आवश्यक फ्लोअप अगाडि बढाउन मलेसिया समितिलाई निर्देशन दिइसकेको बताए।
उनले मलेसियामा चाइनिज नयाँ वर्षको सार्वजनिक बिदा भएको कारण नेपाली राजदुतावासलाई यो बारेमा औपचारिक जानकारी गराउन नसके पनि सोमबारदेखि यो घटनाबारे संस्थागत नीतिबमोजिम अगाडि बढाइने समाजका केन्द्रीय अध्यक्ष तेजबहादुर कार्कीले जानकारी दिएका छन्। ठगहरुबारे नेपालमा पनि उजुर गरिने छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment