नेपाली सेनाको बस दुर्घटना, १० जना घाइते

डिसी नेपाल
३ फागुन २०७७ २०:२२

बाँके। बाँकेमा बस दुर्घटना हुँदा नेपाली सेनाका १० जना सैनिक घाइते भएका छन्। बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा सोमबार नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन्।

सोलु नाम्चेबाट कालिकोट संसेर गुल्मको लागि हिडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार थिए। ती मध्ये १० जना घाइते भएका हुन्। उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ।

सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको थियो। गम्भिर घाइते भएकाहरुलाई उपचारका लागि नेपाली सेनाको अस्पताल नेपालगंज राझा पठाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *