याङ्गुनको सडकमा गाडी तेर्स्याएर प्रदर्शन

डिसी नेपाल
५ फागुन २०७७ १६:४६
32
Shares

बीबीसी । म्यान्मारमा सैन्य शासनको विरोध गर्न प्रदर्शनकारीहरूले याङ्गुनको सडकमा गाडी तेर्स्याएर अवरोध गरेका छन्। याङ्गुनमा आज दशौँ हजार मानिसहरू भेला भएर प्रदर्शन गरे।

माघ १९ मा सेनाले शासनसत्ता आफ्नो हातमा लिएपछि आयोजित प्रदर्शनमध्ये यसलाई सबैभन्दा ठूलो मानिएको छ। प्रदर्शनकारीहरूले नेत्री आङ सान सू चीसहित सबै नेताहरूलाई मुक्त गर्न माग गरेका छन्।

आजको प्रदर्शनले याङ्गुनको ट्राफिक व्यवस्था प्रभावित भएको छ। मङ्गलवार सेनाले सू चीलाई अदालतसमक्ष पेस गर्दा दोस्रो अभियोग पनि लगाएको थियो। सेनाले म्यान्मारमा फेरि निर्वाचन गराउने बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *