राजकुमारीलाई बन्धक बनाएको विषयमा राष्ट्रसङ्घले कुरा उठाउने
बीबीसी । दुबईकी शासककी छोरी लतिफालाई बन्धक बनाइएको विषयमा संयुक्त राष्ट्रसङ्घले यूएईसमक्ष कुरा उठाउने बताएको छ। आफ्ना पिताले उनलाई सन् २०१८ देखि बन्धक बनाएको आरोप राजकुमारी लतिफाले लगाएकी छन्।
बीबीसीलाई उपलब्ध गराइएका भिडिओहरूमा उनले आफ्नो ज्यान सङ्कटमा परेको बताएको सुनिन्छ। ती भिडिओ उनले लुकेर खिचेकी थिइन्।
भिडिओ सार्वजनिक भएपछि संसारभरिबाट राष्ट्रसङ्घले अनुसन्धान गर्नुपर्ने आवाज उठेको छ। लतिफाले सन् २०१८ मा आफू भाग्न खोजेपछि बन्धनमा परेको बताएकी छन्।
उनका पिता शेख मोहम्मद बिन रशिद अल मक्तुम संसारका धनी शासकमध्ये एक हुन्। उनी दुईका शासक र यूएईका उपराष्ट्रपति हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment