भागरथी हत्या आरोपीलाई पक्राउ गर्न सफल प्रहरीको टाेलीलाई गृहमन्त्री थापाले दिए धन्यवाद
फाइल फाेटाे
काठमाडौं । बैतडीको दोगदाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको हत्या आरोपीलाई पक्राउ गर्न सफल भएकोमा नेपाल प्रहरीसहितको टिमलाई गृहमन्त्री रामबहादुर थापा बादलले धन्यवाद दिएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री थापाले घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल भएकोमा नेपाल प्रहरीसहितको टिमलाई धन्यवाद दिएका हुन् ।
‘बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त कानुनी कारबाहीको दायरामा आएका छन् । निकै संवेदनशील रहेको यस घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल नेपाल प्रहरी सहितको टिमलाई धन्यवाद । सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न गृहमन्त्रालय संवेदनशील रहेको तथा यस्ता घटनामा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन प्रतिवद्ध रहेको दोहोर्याउन चाहन्छु ।’
उनले लेखेका छन्।

No ads found for this position


डिसी नेपाल
Facebook Comment