डोनाल्ड ट्रम्पको ‘ट्रम्प प्लाजा’ क्यासिनो २० सेकेण्डमा ध्वस्त

डिसी नेपाल
६ फागुन २०७७ १०:३६

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्रम्प प्लाजा क्यासिनो विष्फोट गराएर ध्वस्त पारिएको छ । यो भवन मापदण्डअनुसार नियमित रुपमा मर्मत नभएको र यसका भागहरु भत्केर खस्न थालेपछि यो भवन विष्फोट गराएर भत्काइएको हो । ३२ तलाको यो भवन भत्काउन २० सेकेण्डभन्दा कम समय लागेको थियो ।

यो क्यासिनो अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बनाएका थिए यद्यपि अहिले भने यसको मालिक कार्ल इक्हान थिए । अर्बपति इक्हानले २०१६ मा ट्रम्पका योसहित अन्य २ गरी कूल ३ क्यासिनो किनेका थिए । यी ३ क्यासिनो टाट पल्टिएको घोषणा गरिएपछि इक्हानले किनेका थिए । भवन भत्काइएपछि मेयर मार्टि स्मलले भने ‘मैले आनन्द महसुस गरेको छु । यो ऐतिहासिक पल थियो । यो उत्साहजनक थियो ।’

भवनको करिब ८ तलाजति भाग बाँकी छ जसलाई बुलडोजर लगायतका उपकरण प्रयोग गरेर जूनको मध्यसम्ममा भत्काइनेछ । यो क्यासिनोमा १९८४ देखि १९९१ सम्म इभेन्ट म्यानेजरको रुपमा काम गरेका बर्नी डिलरने भने ‘हामीले जसरी ट्रम्प प्लाजा र एटलान्टिक सिटीलाई विश्वको लागि नक्सामा जसरी स्थापित गरायौं यो अद्भूत थियो ।’

यो क्यासिनोमा विभिन्न कार्यक्रममा ठूला ठूला सेलिब्रेटीहरु सहभागी भए । माइक टाइसनको बक्सिङ इभेन्टभन्दा अघिल्लो रात यहाँ हल्का होगन, माइक ज्यागरदेखि केथ रिचार्डससम्म आएका थिए । ज्याक निकोल्सन, वारेन बेट्टी, म्याडोना, सिन पेन, डन जोनसन, मुहम्मद अली लगायतका हस्तीहरु पनि यहाँ पुग्थे । एक समय ट्रम्प प्लाजा एटलान्टिक सिटीको सबैभन्दा सफल क्यासिनो थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *