नेकपा (प्रचण्ड–नेपाल) समूहको केन्द्रीय कमिटी बैठक बस्दै

डिसी नेपाल
७ फागुन २०७७ ११:३२
148
Shares

काठमाडौं। नेकपा (प्रचण्ड–माधव नेपाल) समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ। पेरिस डाँडामा बस्ने बैठकमा पार्टीको भावी रणनीतिका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा पार्टी विभाजनपछि भएको विरोधसभाको समीक्षाका साथै केन्द्रीय सदस्यहरुले आफ्नो क्षेत्रका बिफ्रिङ गर्ने बताइएको छ।

यसअघि आजै प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको अनौपचारिक बैठक पनि बसेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस पाँच गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोध गर्दै आएको प्रचण्ड–नेपाल समूहले आफूलाई आधिकारिक दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *