धेरै पटक निम्तो दिएँ (गीत)
धेरै पटक निम्तो दिएँ भेट्न भनी मैले
तिमी भने तर्की तर्की हिँड्छौ किन जहिले?
मुस्कान छर्ने ओठ पनि सकसमा देख्छु
अर्कै तिर फर्की हेर्छौ जब मैले भेट्छु
कि त तिम्रो दिलको कथा फेरियो कि कतै
त्यो मुटुमा अर्कैको नाम लेखियो कि कतै ।
एकैछिन नभेट्दा नि न्यास्रो मान्ने गर्थ्यौ
पधेंरीमा जाने निहूले घरको बाटो झर्थ्यौ
कि त पायौ अर्कै साथी बाचाकसम खाने
मनको बह बिसाउन चौतारीमा लाने।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment