प्रधानमन्त्री ओली स्टेजमा जाँदा पञ्चेबाजा बजाएर स्वागत

डिसी नेपाल
८ फागुन २०७७ १५:०८

काठमाडौं । विराटनगरमा भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको जनसभामा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पञ्चेबाजा बजाएर स्वागत गरिएको छ। पार्टीका नेता सुवास नेम्वाङले सम्बोधन गर्दै गर्दा स्टेजमा पुगेका ओलीलाई पञ्चेबाजाले स्वागत गरिएको थियो।

प्रधानमन्त्री ओली स्टेजमा पुगेपछि दर्शकदिर्घामा उपस्थित जनताले झण्डा फहराएर स्वागत गरेका थिए। उत्साहित हुँदै नेता नेम्वाङले बैशाखमा हुने निर्वाचन सफल बनाउनका लागि पुनः एकपटक झण्डा फहराउन अनुरोध समेत गरेका थिए।

प्रधानमन्त्रीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपाका दुई समूहहरु क्रियाशील रहेका छन्। प्रचण्ड–नेपाल समूहले सडक आन्दोलन गरिरहेको छ भने ओली समूहले पनि आफ्नो शक्ति प्रदर्शन गर्दै आएको छ।

यसअघि, ओली समूहले काठमाडौं, धनगढी, बुटवलमा शक्ति प्रदर्शन र जनसभा गरिसकेको छ। सरकारले बैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा भएपछि प्रतिगमन भयो भन्दै प्रचण्ड–नेपाल समूह लगायत अन्य राजनीतिक दलहरुले सडक आन्दोलन गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *