पाल्पामा बालुवाको ढिस्कोले पुरेर दुई जनाको मृत्यु

डिसी नेपाल
८ फागुन २०७७ १८:३३

पाल्पा । पाल्पामा बालुवाको ढिस्कोले पुरेर दुईजनाको मृत्यु भएको छ ।

जिल्लाको पूर्वखोला गाउँपालिका वडा नं. ४ स्थित छेबकुनमा रहेको बालुवा खानिबाट बालुवा निकाल्दै गर्दा पूर्वखोला गाउँपालिका ४ बलीपोखराकी १३ वर्षीय पवित्रा सारु र ३६ वर्षकी मायादेवी सिंहले बालुवाको ढिस्को खस्दा पवित्राको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बालुवाले पुरेर घाइते भएकी मायादेवी सिंहलाई उपचारको मेडिकल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *