डोटीमा तीनजना कैदिबन्दीको कैद मिनाह

डिसी नेपाल
८ फागुन २०७७ १९:३६
32
Shares

डोटी । प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार डोटीमा कैद भुक्तानी गरीरहेका तीन जना कैदी बन्दीको कैद मिनाह गरीएको छ । जिल्ला कारागार डोटीका प्रमुख लालबहादुर खड्काका अनुसार ज्यानमार्ने उद्योगमा सजाय भोगिरहेका जिल्लाको आदर्श गाँउपालीका–५ का धर्मे लुहार, सवारी ज्यान मुद्दामा सजाया भोगीरहेका पूर्वीचौँकी गाउँपालिका–३ का रामचन्द्र गिरी तथा कर्तव्य ज्यानको सजाय भोगिरहेका सोही गाउँपालिकाका किस्ने बोगटी गरी तीन जनाकैदी बन्दीको कैद मिनाह गरीएको छ । ५० प्रतिशत कैद भुक्तान गरेका, कारागारभित्र असल चालचलन देखाएको र मुद्दाको अन्तिम टुङ्गो लागेका कैदीको सजाय मिनाह गरिएको कारागार प्रशासनले जनाएको छ ।

गृह मन्त्रालय स्थानीय प्रशासनको निर्णय बमोजिम प्रजातन्त्र दिवसको अवसरमा सरकारले कारागारमा आधा कैद भुक्तान गरेका तीन कैदी बन्दीको कैद मिनाह गरेको हो । कैदीबन्दीलाई उनीहरूको मुद्दाको प्रकृति र बानी व्यहोरा हेरीसम्बन्धित कारागार कार्यालय र प्रमुख जिल्ला अधिकारीको सिफारिसको आधारमा अदालतले तोकेको कैद आधा भुक्तान गरेकालाई कैद मिनाह गर्ने नियमअनुसार डोटीमा तीन कैदी बन्दीको कैद मिनाह गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराइले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *