जन्मदिनको पार्टीमा पूर्वराजा-रानीको ‘डान्स’

डिसी नेपाल
८ फागुन २०७७ २३:४६

काठमाडौं । पूर्व राजपरिवारका सदस्यले पूर्वरानी कोमल शाहको जन्मदिन झापामा मनाएका छन्।  शुक्रबार कोमलको ७०औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह र कोमललेसँगै डान्स गरेका छन्। उक्त डान्सको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।


२००७ साल फागुन ७ गते पिता केन्द्र शमशेर जबरा र आमा श्री राज्य लक्ष्मी देवी शाहको कोखबाट जन्मिएकी कोमलको जन्मोत्सवको अवसरमा शुभकामना दिन छोरा पारस शाह र बुहारी हिमानीलगायत सम्पूर्ण शाह परिवार पुगेका थिए।

जन्मोत्सवका अवसरमा शाह परिवारले झापाको धुलाबारीस्थित मेची क्राउन होटेल एक साताका लागि बुक गरेको थियो । उक्त अवसरमा पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहबीच लामो समयपछि भेट भएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *