धनुषामा सालासँग मिलेर आफ्नै छोरा अपहरण, आफ्नै पितासँग १ करोड फिरौती माग

डिसी नेपाल
९ फागुन २०७७ ११:०८

काठमाडौं। मानिसलाई सम्पत्तिका लागि जे पनि गर्न सक्छन् भन्ने उदाहरण धनुषामा एक बाबुले आफ्नै छोराको अपहरण गरेबाट पुष्टि भएको छ। धनुषामा आफ्नै बुबा र मामा मिलेर छोराको अपहरण गरी आफ्नै घरबाट एक करोड असुल्न खोजेको पुष्टि भएको छ।

अपहरण गरिएका बालकलाई सातघण्टापछि ७ घण्टा भित्रै सकुशल उद्धार गरेपछि सम्पत्तिका लागि छोराको अपहरण बाबुले गरेका खुलेको हो। धनुषाको नगइराइन नगरपालिका ६ निवासी रमेश दासका ७ वर्षीय छोरालाई रमेश दासले नै अपहरण गरेका थिए।

रमेशले आफ्ना बुबा हरिचनसँग रकम एक करोड असुल्न आफ्नै छोरा अपहरणको गरेका हुन्। उनले आफ्ना दुई सालाहरुको साथ लिएर छोराको अपहरण गरेको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले बताए।

‘आफ्नै छोराको अपहरण गर्ने पनि बाबु भेटिए, हामी अनुसन्धान गर्दैछौं। उनले घरबाट एक करोड असुल्ने योजना बनाएका रहेछन्’, डिआइजी सिंहले भने। रमेश दाससहित अन्य दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको पनि बताए।

डिआइजी सिंहका अनुसार बालकलाई सकुशल उद्धार गरिएको थियो। प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको नेतृत्वमा खटेको टोलीले उनलाई सकुशल उद्धार गरेको हो। अपहरण आरोपमा बालकका बुबा रमेश र दुई मामालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार दिउँसो १ बजेबाट घरबाटै अपहरणमा परेका बालकलाई राति ८ बजे जनकपुरस्थित माछा बजारबाट सकुशल उद्धार गरिएको प्रदेश २ का प्रहरी प्रमुख डीआइजी सिंहले बताए। ‘शनिबार दिउँसोबाट बालक बेपत्ता भएका थिए।

अपराह्न ४ बजे बालकको घरमा एक करोड फिरौती लिएर आऊ नत्र बालकलाई मारिदिन्छु भनेर फोन गयो,’ डीआईजी सिंहले भने। प्रहरीले जनपुरस्थित एक घरमा लुकाइराखेको अवस्थामा फेला पारेको थियो।

उनको घरमा खासै घरायशी झगडा नभएपनि बाबुले छोराको अपहरण गर्नुको कारण पैसा मात्रै हो वा अन्य कारण पनि रहेको छ भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *