प्रदेशसभा एक : सत्ता पक्ष बैठकमा सहभागी नहुने
काठमाडौं। प्रदेशसभामा अविश्वासको प्रस्ताव टेवल हुने भएपछि सत्तारुढ दल नेकपा (ओली) समूहले प्रदेशसभा बैठक बाहिष्कार गर्ने भएको छ। बैठकमा मुख्यमन्त्री शेरधन राई, मन्त्रीहरु तथा ओली समूहका सांसद उपस्थित नहुने भएका हुन्।
यसअघि ओली समूहले बैठक स्थगित गर्न सभामुखलाई आग्रह गरेका थियो। तर सभामुखले बैठक स्थगित नगर्ने बताएपछि सत्तारुढ दलले बैठक बहिष्कार गर्ने निर्णय गरेको हो।
सभामुखले भने प्रक्रियाअनुसार अविश्वासको प्रस्ताव दर्ता भएर टेवल गर्ने कार्यसूची समेत तय भइसकेको भन्दै सधैँभरी बैठक रोकेर राख्न नसकिने जवाफ दिएको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment