प्रधानसेनापति थापा अचानक सर्वोच्चमा

डिसी नेपाल
१० फागुन २०७७ १६:४०

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा अचानक सर्वोच्च अदालत पुगेका छन्। सोमबार अपरान्ह १ बजे सर्वोच्च अदालत पुगेर थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग करिब एक घण्टा बिताएका थिए ।

सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका बेला प्रधानसेनापति थापाले प्रधानन्यायाधीश राणालाई भेट्नुले विभिन्न अड्कलबाजी गरिएपनि भेटको मुख्य विषय भने सर्वोच्च अदालतको ५ अर्ब लागतको भवन निर्माणसम्बन्धी विषय थियो ।

नेपाली सेनाको क्याभ्लरी रहेको सिंहदरबारस्थित खाली जग्गामा सर्वोच्चले भवन बनाउन लागेको छ । यसबारे कुरा मिलाउन प्रधानन्यायधीश जबराले प्रधानसेनापति थापालाई बोलाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *