सूचना र प्रविधिको विकास पहिलो प्राथमिकतामा : मन्त्री गुरुङ

डिसी नेपाल
१० फागुन २०७७ १९:००

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालले सूचना र प्रविधि क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेकाले यसमा मित्रराष्ट्रहरुले आर्जन गरेको ज्ञान, सीप र अनुुभव उपयोगी हुने बताएका छन् । मन्त्री गुरुङले नेपालका लागि इजरायलका राजदूत हानान गोडरसँग आज सिंहदरबारमा शिष्टाचार भेटवार्ताका क्रममा इजरायलले स्याटलाइट प्रविधिको क्षेत्रमा गरेको प्रगतिबारे जानकारी लिएपछि सो धारणा व्यक्त गरेका छन् ।

“सूचना र प्रविधिको क्षेत्रको विकासका लागि नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयननलाई प्राथमिकताका साथ अघि बढाएको छ”, नेपाल सरकारका प्रवक्ता उनले भने, “त्यसका लागि अन्य देशहरुले सूचना र प्रविधिको क्षेत्रमा गरेका विकास नेपालका लागि अतिउपयोगी हुनेछ ।” उनले नेपालले ‘समृद्ध नेपाल, सुुखी नेपाली’को राष्ट्रिय आकाङ्क्ष पूरा हुने गरी सूचना र प्रविधि क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा जोड दिएको समेत बताए ।

मन्त्री गुरुङले नेपालीलाई रोजगारीको अवसर दिनाका साथै नेपालको कृषि क्षेत्रको विकासका लागि इजरायलले सहयोगका गरेकामा आभार व्यक्त गरेका थिए भने राजदूूत गोडरले नेपालको कृषि, पर्यटन तथा सेटलाइन प्रविधिको क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताएका थिए । राजदूत गोडरले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि इजरायलको स्याटलाइट प्रविधि सहज हुने उल्लेख गर्दै त्यसका लागि नेपाल सरकारलाई सहयोग गर्न तत्पर रहेको अवगत गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *