२ तलाको विशाल बंगलालाई ट्रकमा हालेर अन्तै सारियो, सार्न मात्रै ४ करोड ६० लाख खर्च

डिसी नेपाल
११ फागुन २०७७ १२:५९

काठमाडौं। कुनै विशाल बंगला वा घरलाई एक ठाउँबाट अर्कै ठाउँमा सार्ने कुरा मात्रै गर्दा हामीलाई अचम्म लाग्छ । कुनै एक ठाउँको जमिनमा बनेको घरलाई अन्यत्र कसरी सार्न सकिन्छ ? हामीलाई यो कुरा विश्वास लाग्दैन । तर, एउटा विशाल बंगलालाई साँच्चिकै अर्कै ठाउँमा सारियो । ६ बेडरुमसहितको दुई तलाको यो विशाल भवनलाई ट्रकमा हालेर सारिएको हो ।

यो भवन अमेरिकाको सान फ्रन्सिस्कोमा सारिएको हो । यहाँको ८०७ फ्रेंकलिन स्ट्रिटमा रहेको ५ हजार बर्गफिटमा बनेको यो भवनलाई स्थानीय समयअनुसार आइतबार बिहान ट्रकमा हालेर ६३५ फुलटन स्ट्रिटमा सारिएको हो । यो विशाल भवनलाई सार्ने काम भइरहेका बेला जसले पनि देखे उनीहरु चकित परे । सान फ्रान्सिस्को क्रोनिकलका अनुसार यो १ सय ३९ वर्ष पुरानो भवन हो । यो भवनका मालिएक एक ब्रोकर हुन् ।

यो भवन सार्नको लागि १५ फरक फरक एजेन्सीसँग अनुमति लिइएको थियो । यो भवन लोड गरेपछि ट्रकलाई १ माइल प्रतिघण्टाको गतिमा चलाइएको थियो । यो भवनलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न ४ लाख डलर अर्थात ४ करोड ६१ लाख नेपाली रुपैयाँ खर्च लागेको छ । भवन सार्न करिब ६ घण्टाको समय लागेको थियो । भवनको उचाइका कारण यसलाई सार्दा बाटोमा एक टिमले रुखका हाँगाहरु काटेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *