बाराक ओबामाले आफूमाथि रंगभेदी टिप्पणी गर्नेको नाक भाँचिदिएपछि…

डिसी नेपाल
१२ फागुन २०७७ १६:४६

काठमाडौं। अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले जातीय भेदभावसम्बन्धी एउटा रोचक घटनाको वर्णन गरेका छन् । ओबामाका अनुसार विद्यालयका दिनहरूमा उनका एक जना साथीले उनीमाथि जातीय र रंगभेदी टिप्पणी गरेका थिए । रिसको झेंकमा ओबामाले ती साथीको नाक भाँचिदिएका थिए ।

ओबामाका अनुसार उक्त घटना विद्यालयको लकर रुममा भएको थियो। ओबामा ८ वर्षसम्म अमेरिकाको राष्ट्रपति थिए। उनले दुई कार्यकाल पूरा गरे । त्यस अवधिमा जो बाइडेन उपराष्ट्रपति थिए । बाइडेन अहिले अमेरिकाका ४६ औं राष्ट्रपति भइसकेका छन्।

द हिलको एक रिपोर्टअनुसार, ओबामाले जातीय भेदभावबारे एक पोडकास्टमा यो खुलासा गरेका हुन् । ब्रुस स्प्रिङस्टेनको शोमा ओबामाले उक्त घटनाको बारेमा भने– ‘म स्कूलमा छँदा मेरा धेरै साथीहरू थिए। एक जना साथी विशेष थिए । हामी सँगै बास्केटबल खेल्थ्यौं । एक पटक हामी खेल्दै थियौं। यही क्रममा झगडा भयो। उनले मलाई केही जातिवादी शब्दहरू भने । उनले भनेको कुराको अर्थसमेत शायद उनलाई थाहा थिएन । म रिसले चूर भएँ । मैले उसको नाकमा मुक्का हिर्काएँ र उसको नाक भाँचिदिएँ ।’

अमेरिकाका पहिलो अश्वेत राष्ट्रपति ओबामाले भने, ‘घटनापछि मैले साथीलाई उसले भनेको कुरा बताएँ ।’ ओबामाले पहिलो पटक यस्तो घटना सार्वजनिक रुपमा उल्लेख गरेको विश्वास गरिएको छ। ओबामाले अगाडि भने ‘म गरिब र भद्दा हुन सक्छु। तर यसको मतलब कसैले मेरो अपमान गर्छ भन्ने होइन। अनि मैले नगरेको गल्तीको लागि म कसरी सजाय पाउन सक्छु ?’

अमेरिकामा भएको पछिल्लो चुनावमा धेरै पटक जातीय विभेदको मुद्दा उठेको थियो। ओबामाले आफ्नो कार्यकाल र त्यसपछि पनि धेरै पटक यस विषयमा उल्लेख गरेका छन्। सन् २०१५ मा उनले भनेका थिए, ‘अमेरिकामा जातीय भेदभावको कुनै स्थान छैन । हामी यसलाई कुनै पनि तरिकामा स्वीकार्न सक्दैनौं । यो ३०० वर्षभन्दा पहिले नै हुन सक्थ्यो तर अहिले यसको कुनै ठाउँ हुन सक्दैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *