तीन लाख थान बन्दुकको गोली चोरी !

डिसी नेपाल
१२ फागुन २०७७ १७:१५

काठमाडौं। संगठित अपराधीहरूले ड्राइभर सुतिरहेको बेला एउटा गाडीबाट ३ लाख थान गोली चोरी गरेका छन्। उक्त गाडी गोली उत्पादन गर्ने विशेषज्ञ कम्पनीबाट हिँडेको केही समयपछि नै ती अपराधीहरु गाडीमा प्रवेश गरेका थिए । स्रोतलाई उद्धृत गर्दै द सनले लेखेअनुसार आक्रमणकारीहरूले प्वाइन्ट २२ क्यालिबरका गोलीहरु चोरी गरेका हुन् । यी गोलीहरु ब्रिटेनभरका संगठित गिरोहहरूको हातमा पुग्ने र यसले ठूलो विध्वंश निम्त्याउन सक्ने विश्वास गरिएको छ ।

एउटा स्रोतले भन्यो ‘यो निकै व्यवस्थित चोरी थियो। तिनीहरूले के गरिरहेका छन् अनि के गर्दैछन् भनेर तिनीहरूलाई ठ्याक्कै थाहा थियो। यो एकदमै गम्भीर कुरा हो। गम्भीर, हिंस्रक र संगठित अपराधीहरूसँग अहिले हजारौं गोलीहरू छन् र यो ठूलो चिन्ताको विषय हो । यो प्रहरीको लागि ठूलो अनुसन्धानको विषय हो।

यो गाडी गत बुधबार दिउँसो ३ बजे वेस्ट मिडल्याण्ड्सको सटन कोल्डफिल्डमा रहेको गोली कम्पनी एलेबाट गोली लिएर हिँडेको थियो । प्रहरीले अनुसन्धान गरिरहेको छ तर कसैलाई पनि पक्राउ गरिएको छैन । एलेले यस विषयमा कुनै टिप्पणी गर्न चाहेन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *