जर्मनीमा कोरोनाको तेस्रो लहर

डिसी नेपाल
१२ फागुन २०७७ २३:०४

काठमाडौं । यूरोपेली मुलुक जर्मनीमा कोरोनाभाइरसको तेस्रो लहर सुरु भएको छ । जर्मन चान्सलर एन्गेला मर्केलले मंगलबार कन्जरभेटिभ पार्टीका सांसदलाई उक्त कुराको जानकारी दिएको रोयटर्सले लेखेको छ ।

‘अब हामी कोरोनाको तेस्रो लहरमा छौँ’, उनको भनाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । यस्तै जर्मनीमा लगाइएको लकडाउन केही खुकुलो पार्दै मार्च ७ सम्म लम्ब्याइएको छ ।

जर्मनीले सबै गैर आवश्यक व्यवसायहरु बन्द गरेको छ भने कोरोना फैलिएका देश चेक गणतन्त्र र अष्ट्रियासँगको सिमानामा पनि कडा नियन्त्रण गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *