निर्वाचन आयोगले निर्वाचनको तयारी गरेकै थिएन

तर्कबहादुर थापा
१३ फागुन २०७७ ७:१६

काठमाडौं। सरकारले पुस पाँच गने प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक चुनावमा होमिएको भन्दै निर्वाचन आयोगलाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिने गरेका थिए। प्रधानमन्त्री आफैं आयोग पुगेर निर्वाचनको तयारीका बारे जानकारी पनि लिएका थिए।

निर्वाचन आयोगले पनि निर्वाचनको तयारी तीव्र रुपमा हुँदै आएको बताउने गरेको थियो। तर मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि तत्कालका लागि निर्वाचन टरेको छ। तर आयोगले हालसम्म खासै तयारी गरेको देखिएको छैन।

आयोगका अनुसार निर्वाचनकै लागि भनेर अहिलेसम्म कुनै पनि विषयमा अनावश्यक खर्च नभएको जनाएको छ। आयोगले हालसम्म काजगी प्रक्रियासँग सम्बन्धित काम मात्रै गरेको छ। केही दिन अगाडि निर्वाचन प्रयोजनका लागि भन्दै लाहालगायतका सामाग्री किन्न टेण्डर आह्वान गरेको थियो। तर उक्त टेण्डर नोटिस रद्द गर्ने आयोगको तयारी छ।

आयोगका अनुसार निर्वाचनकै लागि भनेर अहिलेसम्म कुनै पनि विषयमा अनावश्यक खर्च नभएको जनाएको छ। आयोगले हालसम्म काजगी प्रक्रियासँग सम्बन्धित काम मात्रै गरेको छ। केही दिन अगाडि निर्वाचन प्रयोजनका लागि भन्दै लाहालगायतका सामाग्री किन्न टेण्डर आह्वान गरेको थियो। तर उक्त टेण्डर नोटिस रद्द गर्ने आयोगको तयारी छ।

आयोगका सहप्रवक्त कोमलप्रसाद धमलाले भर्खरै जारी गरेको टेण्डर नोटीस रद्ध हुने बताउँदै अनावश्यक खर्च नभएको बताए ‘सरकारले मिति घोषणा गरेपछि आयोगले तयारी गर्नु नै पर्छ,’ सहप्रवक्ता धमलाले भने, ‘आयोगले निर्णय गरेर निकालेको सूचना (टेण्डर नोटिस) बदर हुन्छ। सरकारबाट पत्र आएपछि त्यो सूचना बदर भएर जान्छ। अनावश्यक खर्च कुनै पनि भएको छैन।’

पुस ५ गते सरकारले निर्वाचनको मिति घोषणा गरे पनि निर्वाचनका बारेमा सर्वोच्चमा मुद्दा विचाराधीन भएका कारण आयोगले ठूलो खर्च हुने तयारी गरेको थिएन। धमलाका अनुसार गरेजति कामपछि निर्वाचनमा प्रयोग गर्न सकिने तरिकाले गरिएको छ।

‘मतदाता नामावली अद्याावधिक गर्नै पर्ने थियो। मतदान स्थलहरुको रिभ्यू गरेको छ। त्यो पनि गर्नै पथ्र्यो। खर्च भएर जाने, अनावश्यक खर्च केही पनि भएको छैन।’

आयोगले अबको नियमित निर्वाचनको मिति पनि नजिकिँदै गएका कारण उक्त निर्वाचनमा प्रयोग हुने सामग्रीहरुको मात्र तयारी गरेको हो। अहिले गरिएको निर्वाचनको तयारीले अर्को निर्वाचनका लागि सहयोगी भएको उनको भनाइ छ।

उनले भने, ‘नियमित निर्वाचनको मिति पनि नजिकिँदै छ। अहिले जति पनि काम भयो त्यसले अर्को निर्वाचनका लागि सपोर्ट गरेको छ। सामान्यतः अर्को वर्ष नियमित निर्वाचन हुन्छ।’

सरकारले निर्वाचनको तयारी गर्न आयोगलाई निर्देशन दिने र आयोगले निर्वाचनको तयारी गरेको बताएपनि आयोगले निर्वाचनको खासै तयारी नगरेको देखिएका छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *