कोरोनाको सिंगल डोज खोप ८६ प्रतिशत प्रभावकारी, एक पटक मात्रै खोप लगाए पुग्ने

डिसी नेपाल
१३ फागुन २०७७ १०:४७

काठमाडौं। कोरोना महामारीको अन्त्य गर्न विश्वका धेरै देशहरूमा खोप कार्यक्रम सुरु भइसकेको छ। यसैबीच, अमेरिकी नियामक निकायका अनुसार जोन्सन एण्ड जोन्सनको सिंगल खोप कोभिड–१९ विरुद्ध अत्याधिक प्रभावकारी भएको पाइएको छ । यो खोपको प्रयोग केही दिनभित्रै गर्न सकिने बताइएको छ ।

वास्तवमा, प्रायजसो कोरोनाविरुद्धका खोपहरू दुई डोज लगाउनुपर्छ । तर, जोन्सन एण्ड जोन्सन सिंगल डोज खोप हो । अर्थात यो खोपको एक डोज कोरोनालाई रोक्न पर्याप्त हुन्छ । एनबीसी न्यूजको रिपोर्टअनुसार अमेरिकी नियामक निकाए फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)का वैज्ञानिकहरूले यस्तो दाबी गरेका हुन्। वैज्ञानिकहरुको भनाइअनुसार कोरोनाको मध्यमदेखि गम्भीर चरणको संक्रमण रोक्न यो खोप ८६ प्रतिशतसम्म प्रभावकारी हुन्छ । त्यति मात्र होइन, खोप पूर्णतया सुरक्षित छ।

एफडीएले बताएअनुसार जोन्सन एण्ड जोन्सनको सिंगल डोज खोपले खोप कार्यक्रमलाई गति दिनेछ र यो प्रयोगको लागि पनि सुरक्षित छ। एफडिएले यो भ्याक्सिनलाई अनुमति दिएमा यो अमेरिकाको तेस्रो खोप हुनेछ । शुक्रबार एजेन्सीका स्वतन्त्र सल्लाहकारहरूले यस विषयमा छलफल गर्नेछन्। त्यसपछि एफडीएले केही दिनमै अन्तिम निर्णय लिन सक्छ। त्यसपछि यो खोप पनि भ्याक्सिन कार्यक्रममा समावेश हुनेछ ।

अमेरिकामा अहिलेसम्म झन्डै ४४ करोड ५० लाख मानिसहरूलाई कम्तीमा पनि एक डोज फाइजर वा मोडर्नाको खोप दिइएको रिपोर्ट गरिएको छ। झन्डै दुई करोड मानिसहरूले दोस्रो डोज पाएका छन्। परीक्षणहरूले देखाएअनुसार फाइजर र मोडर्ना खोप कोभिड–१९ सुरक्षामा ९५ प्रतिशत प्रभावकारी थिए।

अन्य कोरोना खोपहरू जस्तै जोन्सन एण्ड जोन्सनले पनि खोप लगाएपछि सुई लगाएको ठाउँमा हल्का पीडा, ज्वरो, थकान र टाउको दुख्ने जस्ता लक्षणहरू देखाउन सक्छन्। तथापि, कसैलाई पनि गम्भीर एलर्जी भएको छैन । यस खोपको राम्रो कुरा के हो भने यसलाई एक पटक मात्रै प्रयोग गरे पुग्छ ।

जबकि हालसम्म फाइजर–बायोएनटेक र मोर्डना खोपको दुई डोज प्रयोग गर्नु अनिवार्य छ। जोन्सन एण्ड जोन्सनको खोपले अमेरिकामा चलिरहेको खोप अभियान अझ सजिलो बनाउन सक्छ । अहिले, जोन्सन एण्ड जोन्सनले आवेदन दिएपछि नियामकले डेटाको निरीक्षण गर्नेछन् र सल्लाहकार समितिसँग छलफल गरेपछि मात्र यसको प्रयोगलाई अनुमोदन गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *