मुकेश अम्बानीको घरबाहिर भेटियो ‘कारबम’, पत्रमा लेखियो–मुकेश दाइ, यो त ट्रेलर मात्रै हो

डिसी नेपाल
१४ फागुन २०७७ १७:०६

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीको घरबाहिर कार बम भेटिएको छ । शुक्रबार बिहान अम्बानीको घर एन्टिलियाबाहिर कारमा विस्फोटक पदार्थ भेटिएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् ।

प्रहरी अनुसन्धानका अनुसार कारमा विस्फोटक पदार्थ राख्नेले एक महिनासम्म अम्बानीको घरको निगरानी राखेका थिए । विस्फोटक पदार्थ भेटिएको कारमा एक पत्र पनि भेटिएको छ । पत्रमा लेखिएको छ, ‘मुकेश दाइ, निता भाउजु, यो त ट्रेलर मात्रै थियो, पूरा बन्दोबस्त मिलिसक्यो । परिवारलाई उडाउने बन्दोबस्त भइसक्यो । सम्हालिएर बस्नुहोस् । शुभरात्री ।’

मुम्बइको अपराध महाशाखा यसबारे अनुसन्धान गर्न जुटेको छ । यद्यपि, यो चिट्ठीबारे प्रहरीले अहिलेसम्म आधिकारिक रुपमा केही पनि बताएको छैन । घटनापछि मुम्बई प्रहरीले मुकेश अम्बानीको घर आसपासको सुरक्षा कडा गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *