नाइजेरियाली स्वास्थ्यकर्मीलाई खोपसम्बन्धी तालिम
लागोस । नाइजेरियाका स्वास्थ्यकर्मीहरूलाई कोरोनाभाइरस विरुद्धको खोपसम्बन्धी तालिम दिइएको छ । देशभरीका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि स्वास्थ्यकर्मीहरूलाई तालिम दिइएको अधिकारीहरूले जनाएका छन् ।
उनीहरूलाई तालिम दिएसँगै खोप अभियान सञ्चालन गर्नका लागि आवश्यक मुख्य काम तयारी अवस्थामा पुगेको छ । पहिलो चरणमा कम्तीमा १३ हजार स्वास्थ्यकर्मीहरूलाई तालिम दिइएको प्राथमिक स्वास्थ्य सेवा विकास कार्यालयका प्रमुख फैसल शुआइबले जानकारी दिए ।
अरु स्वास्थ्यकर्मीहरुलाई अर्को चरणमा तालिम दिइने र आवश्यकता अनुसार उनीहरुलाई परिचालन गरिने उनले बताए ।
प्रतिक्रिया
Facebook Comment