भारतीय प्रधानमन्त्रीले लगाए विवादित कोरोना खोप, खोप लगाएरै गरे चुनाव प्रचार
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरनाको खोपको पहिलो डोज लिएका छन् । उनलाई भारत बायोटेकको कोभ्याक्सिनको डोज दिइयो। उनी सोमबार बिहान असमको गम्छा ओढेर दिल्लीको एम्स अस्पताल पुगेका थिए। त्यहाँ पुडुचेरीकी नर्स पी निवेदाले मोदीलाई खोप लगाइदिइन् । केरलकी नर्स रोस्मा अनिल नजिकै उभिरहेकी थिइन् । असम, पुडुचेरी र केरल यी तीन वटै प्रदेशमा मार्च २७ देखि ६ अप्रिलसम्म विधानसभा निर्वाचन हुँदैछ ।
भारत बायोटेकले विकास गरेको यो भ्याक्सिन पूर्ण रुपमा भारतीय भ्याक्सिन हो । अहिले भारतका दुई भ्याक्सिन उत्पादन भइरहेका छन् । तीमध्ये अर्को भ्याक्सिन कोभिशिल्ड हो जुन बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको हो र भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ । नेपालमा यही कोभिशिल्ड भ्याक्सिन दिइँदैछ । कोभ्याक्सिन भने भारतमै विकास गरेर भारतमै उत्पादन गरिएको हो ।
Took my first dose of the COVID-19 vaccine at AIIMS.
Remarkable how our doctors and scientists have worked in quick time to strengthen the global fight against COVID-19.
I appeal to all those who are eligible to take the vaccine. Together, let us make India COVID-19 free! pic.twitter.com/5z5cvAoMrv
— Narendra Modi (@narendramodi) March 1, 2021
मोदीले लगाएको यो भ्याक्सिनका विषयमा भारतमै ठूलो विवाद छ । यो भ्याक्सिनलाई स्वीकृति दिने क्रममा मापदण्ड पालना नगरिएको र पूर्ण रुपमा सुरक्षित प्रमाणित नहुँदै स्वीकृति दिइएको भन्दै विपक्षी दलले तीब्र आलोचना गरेका थिए । विपक्षीले यो भ्याक्सिनको फेज ३ ट्रायलको नतिजा नआउँदै यसलाई स्वीकृति दिएको भन्दै यो भ्याक्सिन सुरक्षित भए सरकारमा भएका कसैले पनि किन यो भ्याक्सिन नलगाएको भन्दै प्रश्न गरेका थिए । मोदीले यही भ्याक्सिन लगाएर विपक्षीको त्यो आलोचनाको जवाफ दिने प्रयास गरेको विश्वास गरिएको छ । मोदीले भ्याक्सिन लगाउँदै गर्दाको फोटो सामाजिक संजालमा शेयर गरेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment