ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ४० घर जलेर नष्ट

डिसी नेपाल
१८ फागुन २०७७ १२:२४

काठमाडौं। ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. ३ मा अवस्थित दोभान बजारमा भीषण आगलागी भएको छ। गाउँपालिकाका अध्यक्ष गणेश बहादुर लिम्बुले विहान करिव ८ बजे आगलागी भएको जानकारी दिए।

उनका अनुसार केटाकेटी नभएको घरबाट आगो सुरु भएको हो। उनले भने, ‘सदरमुकामपछिको दोश्रो बजार हो। जिल्लाको दोश्रो ठूलो बजारमा विहानैदेखि लागेको आगोले करिव ४० घर जलाएको छ।’

सदरमुकामबाट दमकल आएर आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको अध्यक्ष लिम्बुले जानकारी दिए। उनका अनुसार पूर्णरुपमा आगो नियन्त्रण भएको छैन। ‘अहिले आगोको बाटो छेक्ने काम भएको छ। आगो दिउसो लागेका कारण अहिलेसम्म मानवीय क्षेति भएको छैन्।’

आगो नियन्त्रणका लागि सुरक्षाकर्मीहरु परिचालन भएको उनले जानकारी दिए। आगोलाई नियन्त्रणमा लिएपछि क्षतिकाे विवरण आउने उनले डिसीनेपाललाई बताए।

‘आगलागिको कारण अहिलेसम्म थाहा भएको छैन’ लिम्बुले भने, ‘विजुलीको तार सर्ट भएर आगो लागेको हुनसक्छ।’ कपडा पसल गरेर बस्ने दम्पतिको घरबाट आगो सुरु भएको उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *