जेलमा बसेर मृत्युदण्ड पर्खिरहेकी महिलाको मुस्कुराइरहेको फोटो भाइरल भएपछि…

डिसी नेपाल
१८ फागुन २०७७ १३:१६

काठमाडौं। जेलमा रहेर मृत्युदण्डको प्रतिक्षा गरिरहेकी एक महिलाको तस्वीर सामाजिक संजालमा भाइरल भएपछि २ जना सुरक्षाकर्मीलाई निलम्बन गरिएको छ । भारतको उत्तर प्रदेशको अमरोहाको बावनखेडी निवासी शबनम अलीलाई हालै मृत्युदण्डको सजाय सुनाइएको थियो ।

उनले १३ वर्षअघि आफ्ना प्रेमीसँग मिलेर आफ्नो परिवारका ७ जनाको हत्या गरेकी थिइन् । शबनमलाई रामपुर जेलमा राखिएको थियो । सोमबार उनलाई बरेली जिल्ला जेलमा सारिएको थियो। रामपुर जेलबाट सामाजिक सञ्जालमा शबनमको मुस्कुराइरहेको फोटो भाइरल भयो । यस विषयमा अनुसन्धानपछि दोषी ठहर भएका दुई प्रहरीलाई निलम्बन गरिएको छ ।

रामपुर जेल सुपरिटेन्डेन्ट पीडी सलोनीयाले २६ जनवरीमा शबनमका केही तस्वीरहरु जेलबाट भाइरल भएको बताए । जाँचमा तिनीहरू सही भएको पत्ता लाग्यो र दुई सुरक्षाकर्मीहरु लेडी कन्स्टेबल नाहिद बी र पुरुष कन्स्टेबल शुइबलाई यस मामिलामा निलम्बन गरिएको छ। साथै सुरक्षाका कारण शबनमलाई बरेली जेलमा सारिएको छ ।

शबनमले सन् २००८ अप्रिल १५ मा आफ्नो प्रेमी सलीमसँग मिलेर आफ्ना पिता शौकत अली, आमा हाशमी, दाजु अनिस अहमद, उनकी पत्नी अंजुम, भतिजी रबिया र भाइ राशिदको हत्या गरेकी थिइन् । साथै अनिसका १० महिने छोरा अर्शको पनि हत्या भएको थियो । पहिले औषधी दिएर सबैलाई बेहोस पारेपछि अर्शबाहेक सबैको घाँटी छिनाइएको थियो । अर्शको घाँटी थिचेर हत्या गरिएको थियो । अनुसन्धानमा शबनम गर्भवती भएको खुलासा भएको थियो । तर परिवार सलिमसँग विवाह गर्न तयार थिएन । यही कारण शबनमले प्रेमी सलिमसँग मिलेर सिंगो परिवारको हत्या गरेकी थिइन् ।

जेलमा रहँदा शबनमले १४ डिसेम्बर २००८ मा छोराजन्माउकी थिइन् । उनका छोरा ६ वर्षका हुँदासम्म शबनमसँगै जेलमा थिए । छोरा ६ वर्ष भएपछि १५ जुलाई २०१५ मा जेलबाट बाहिर आए। त्यसपछि शबनमले आफ्नो छोरालाई आफ्नो कलेजको साथी उस्मान सौफीकहाँ छोडेकी थिइन् । छोरालाई उस्मानलाई सुम्पनु अघि शब्नामले पनि दुई सर्त राखेकी थिइन् । पहिलो छोरालाई कहिल्यै पनि आफ्नो गाउँमा नलगियोस् किनकि त्यहाँ उनको ज्यानलाई खतरा छ र दोस्रो छोराको नाम फेरियोस् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *