गायक निशानको जोडी : रिसाउने कुरामा आरोप लगाउछन्, फकाउने कुराको जस लिन्छन्

तर्कबहादुर थापा
१९ फागुन २०७७ ७:५१

काठमाडौं। ‘मेरो याद आउँछ र? हुर्रहुर्री आउँछ नि’ गायक निसान भट्टराईको यो गीतले कसको मन छोएको छैन होला। बालकदेखि वृद्धसम्म, अझ अलिअलि मायाका फूलहरु फुलाउन लागेका युगल जोडीहरुका लागि झन् ढुकढुकी नै बनेको छ।

निसान भट्टराईले नेपाल आइडलमा प्रवेश गर्ने बित्तिकै आफ्नो अलगै छाप छोडेका थिए। ‘जिन्दगीलाई जितले होइन, हारले स्वागत गर’ बोलको गीत गाएपछि निर्णायक पनि अच्चममा परेका थिए। गीत गाउनेहरुका लागि प्रतिकुल लाग्ने उक्त गीत निसानले गाएपछि प्रगतिका ढोकाहरु खुलेका थिए।

२०५३ सालमा मोरङको उर्लाबारीमा जन्मिएका निसान गीत संगीतले आफूँलाई तानेको तानै गरेको बताउँछन्। गीत संगीतमा आफूलाई खोज्दै हिँडेका उनले नेपाल आइडलको पहिलो सिजनमै राम्रो गरे। ‘आफूले गर्ने जति मेहनत गरेँ’, निसान सुनाउँछन्, ‘त्यसको प्रतिफल पनि राम्रै पाएँ।’

उर्लाबारीका उनको भेट काभ्रेकी ऋचा न्यौपानेसँग हुन्छ। नेपाल आइडलकै बेला उनीहरुको भेट भएको अनुभव सुनाउँछन्। ‘करिव १ सय भन्दा धेरै म्यासेज गरेकी छु,’ ऋचाले भनिन्, ‘अनि मात्र रिप्लाइ आएको हो।’

निसानले पनि उक्त कुरा स्वीकार गरे। जीवनसाथी माथिबाट नै जुरेर आएको उनीहरु स्वीकार गर्छन। ‘धेरै फ्यानहरुको म्यासेज हुन्थ्यो। मैले उनको मात्र म्यासेजको रिप्लाई दिएँ। उनीसँग किन किन नजिक हुन मन लाग्यो। भेट गरौं भन्ने मन भयो। अन्ततः प्रेम प्रस्ताव पनि भयो,’ निसान आफ्नो अनुभव सुनाउँदै थिए।

आफूहरुको सबैभन्दा पहिलो भेट पुतलीसडकमा भएको उनीहरु सम्झन्छन्। एक अर्काको लागि बनेको जोडी भनेर कसरी थाहा पाउनु हुन्छ भन्ने प्रश्नमा दुबै जनाको एउटै जवाफ थियो, ‘जुन कुरा एकले महशुस गरेको हुन्छ, त्यो कुरा अर्कोले भनि रहेको हुन्छ वा गरिरहेको हुन्छ।’ ‘जीवन त्यति सजिलो छैन। तर, मेरो अहिलेसम्म सजिलै छ सोचेझैँ छ।’

निसान भट्टराईले नेपाल आइडलमा प्रवेश गर्ने बित्तिकै आफ्नो अलगै छाप छोडेका थिए। ‘जिन्दगीलाई जितले होइन, हारले स्वागत गर’ बोलको गीत गाएपछि निर्णायक पनि अच्चममा परेका थिए। गीत गाउनेहरुका लागि प्रतिकुल लाग्ने उक्त गीत निसानले गाएपछि प्रगतिका ढोकाहरु खुलेका थिए।

ऋचा भन्दै थिइन्, ‘म बुहारी भएर आएको जस्तो लाग्दैन। बुबाआमा बुझ्ने हुनुहुन्छ। छोरीझै व्यवहार गर्नु हुन्छ।’ गीत संगीतमा लागेका निसानको सकारात्मक चाहनाहरु पूरा भएको हेर्ने ठूलो रहर छ ऋचाको। निसानले आफ्नो ‘लाहुर जाने रेल’ बोलको गीतमा ऋचालाई अभिनय पनि गर्न लगाएका छन्। आफैले गाएको गतिमा निसान आफैँ र उनकै धर्मपत्नी ऋचाले अभिनय गरेका छन्।

नेपाली समाजको यथार्थतालाई बोकेको उक्त गीतमा ऋचाले न्यायिक अभिनय गरेको निसानको अनुभूति छ। ‘बिग्रिहाल्छ कि झैं लाग्थ्यो।’ ऋचाले भनिन्, ‘टिकटकमा अभिनय गरेजस्तो हुने रहेनछ। क्यामरा फेस गरेकी थिइन्। म त कतै बिग्रियो भने के गर्ने झैं लाग्थ्यो। तर, त्यो टीमसँग काम गर्दा, उहाँहरुको उत्प्रेरणा पाउँदा, हरेक स्टेपमा म छु भन्दा, मलाई सान्त्वना हुन्थ्योे। र, मैले पनि सक्दो गरेकी थिएँ।’

‘भिजिट भिसामा हजुर भिजिट भिसामा, भुईँ छोडेर उड्ने हजुर पश्चिम दिशामा’ निसान भट्टराईको आवाजमा रहेको यो गितले पनि नेपाली संगीत बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको थियो। निसानले अहिले पनि नेपाल आइडलमा प्रवेश गर्दाका दिन सम्झनामा राख्ने गरेका छन्।

‘मेरा सुनौला दिन थिए, मैले देखेको सपनालाई पूरा गर्ने दिनहरु थिए’, निशानले कृतज्ञ हुँदै भने, ‘त्यो बेलामा मलाई नेपाल आइडल जस्तो प्लेटफर्म नभेटेको भए, सायद छोटो समयमा नै आफ्नो सपनाको नजिक पुग्न सकिन्थेन होला। आफ्नो सपनाको नजिक पुग्दा प्राप्ति भएजस्तै हुँदो रहेछ।

अहिले पनि सुरुको अडिसनमा गाएको गीतपछिका यादहरु मानसपटलमा छन्।’ प्रेमील जोडीको साझा प्रश्न रिसाउँदा कसले फकाउँछ भन्दा दुबैले आफूलाई देखाए। भनिन्छ एक आगो हुँदा अर्को पानी बन्नै पर्छ। जीवन रथका दुई पांग्रा बराबरीको अवस्थामा हुन जरुरी छ। एक आगो हुँदा अर्को पानी हुन जरुरी छ। निसान र रिचा पनि रिसाउने कुरामा एकले अर्कालाई आरोप नै लगाउँछन्। फकाउने कुराको सबै जस आफूले लिन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *