अमेरिकी सेनाको महत्वपूर्ण एयरबेसमा १० वटा रकेट आक्रमण, सर्वसाधारणको मृत्यु
काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले इरान समर्थित आतंकवादीहरू विरुद्ध गरेको पहिलो हवाई हमलाले २२ जनाको ज्यान लिएको केही दिनपछि इराकमा अमेरिकी एयरबेसमा रकेट आक्रमण भएको छ । आक्रमणमा एक जना सर्वसाधारण ठेकेदारको मृत्यु भएको बताइएको छ ।
डेलीमेलका अनुसार इराकमा अमेरिकी सेनामाथि भएको श्रृंखलाबद्ध आक्रमणको पछिल्लो चरणमा बुधबार इराकमा कम्तीमा पनि १० वटा रकेटले अमेरिकी हवाई अड्डामा आक्रमण गरिएको थियो । इराकी र पश्चिमी सुरक्षा स्रोतहरूले बताएअनुसार हृदयघातको कारण ठेकेदारको मृत्यु भएको हो । आक्रमणमा अन्य कुनै पनि घाइतेको रिपोर्ट गरिएको छैन ।
स्रोतहरूले बताएअनुसार यी रकेटहरू पश्चिमी अन्बार प्रान्तको अइन अल–असाद हवाई अड्डामा स्थानीय समयअनुसार बिहान ७.२० बजे पाँच किलोमिटर टाढा रहेको लञ्चरबाट प्रहार गरिएको थियो। पछिल्लो आक्रमण देशको पश्चिमी क्षेत्रमा तीन हप्ताभन्दा कम समयभित्र गरिएको चौथो आक्रमण हो ।
आइन अल–असद एयरबेस अमेरिकी नेतृत्वमा इराकी सेनासमेत सम्मिलत भएर इस्लामिक स्टेटका बाँकी आतंकवादी र हिादी स्लिपर सेल परीक्षण गर्न उनीहरूले प्रयोग गर्ने मानव रहित ड्रोनहरू विरुद्ध लड्न प्रयोग गरिन्छ । कोलिसनका प्रवक्ता कर्नल वेन मारोटोले १० वटा रकेटले ७ः२० बजे बेसमा प्रहार गरेको पुष्टि गरे तर कुनै पनि घाइतेहरूको विवरण भने दिएनन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment