नेपालको अर्थतन्त्रको अवस्था ऋणात्मक, कारण यस्ताे छ

डिसी नेपाल
२० फागुन २०७७ १४:४३

काठमाडौं। गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपालको अर्थतन्त्रको वृद्धिदर ऋणात्मक देखिएको छ। केन्द्रिय तथ्यांक विभागले बिहीबार आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रैमास र चालू आ.व २०७७÷७८ को पहिलो त्रैमासको लेखा अनुगमन रिपोर्ट सार्वजनिक गर्दै यस्तो बताएको हो। उक्त तथ्यांक अनुसार अर्थतन्त्रको वृद्धिदर १ दशमलव ९९ प्रतिशतले ऋणात्मक देखिएको हो। विभागले कुल गार्हस्थ उत्पादनको गणनाको आधार वर्ष परिवर्तन गरेको छ।

यसअघि २ दशमलव २७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएकामा आधार वर्ष फेरिएपछि अर्थतन्त्रको वृद्धिदर १ दशमलव ९९ प्रतिशतले ऋणात्मक देखिएको विभागले जनाएको छ। साथै कोरोना भाइरस महामारीका कारण पनि आर्थिक वृद्धिदर ऋणात्मक आएको विभागको भनाई छ।

यसअघि सन् २०००÷२००१ लाई आधार मानेर तथ्यांक सार्वजनिक गर्ने गरिएकोमा अहिले २०१०÷२०११ लाई आधार मानेर तथ्यांक तयार गरिएको थियो। आधार वर्ष परिवर्तन गर्दै तयार पारिएको तथ्यांकअनुसार अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रूपैयाँको पुगेको छ।

विभागले पाँचौं आधार वर्ष परिवर्तनपछिको पहिलो तथ्याङ्क सार्वजनिक गरेको हो । अबदेखि हुने सम्पूर्ण गणनाहरूको आधार वर्ष २०१०÷११ हुनेछ । आधार वर्ष परिवर्तन गर्दै तथ्याङ्क तयार गरेको विभागले मुलुकको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रूपैयाँ पुगेको जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *