इन्टर्न विद्यार्थीले फोटो खिचिदिएपछि जेलका सबै ताला फेर्नुपर्ने, ७० लाख रुपैयाँ खर्च लाग्ने
काठमाडौं। पढाइका क्रममा जेलमा इन्टर्नसिपका लागि आएका एक विद्यार्थीले जेलमा प्रयोग गरिएका साँचोको फोटो खिचेर ह्वाट्सएपमा आफ्ना एक साथीलाई पठाएपछि उक्त जेलका सबै तालाहरु फेर्नुपर्ने भएको छ ।
साँचोको फोटो बाहिरिएर सुरक्षा जोखिम बढेपछि जर्मनीको यो जेलले अब ६ सय तालाहरु फेर्नुपर्नेछ जसको लागत ५० हजार युरो (७० लाख रुपैयाँ) पर्ने भएको छ । बर्लिननजिकैको हेडरिङ जेलमा आएका ती प्रशिक्षार्थीले आफूले गर्न लागेको नयाँ कामबारे फुर्ति लगाउन साँचोका फोटो एक ह्वाट्सएप ग्रुपमा शेयर गरेका थिए ।
ती विद्यार्थीले फोटो देखेपछि विशेषज्ञहरुले सजिलै नक्कली साँचो बनाउन सक्ने र नक्कली साँचोहरु पुग्न सक्ने जोखिमबारे सोच्न नसक्दा यस्तो परिस्थिति आएको हो । ६४७ कैदी बन्दीहरु राखिएको जेलबाट उनीहरु सामूहिक रुपमा भाग्न सक्ने खतरा भएपछि सबै ताला परिवर्तन गर्नुपर्ने बाध्यता भएको डेलीमेलले लेखेको छ । साँचोको फोटो लिक भएको जानकारीसँगै करिब २० जना कामदार ताला फेर्नको लागि खटाइएको र सुरक्षाका कारण उनीहरुले रातदिन काम गर्नुपर्ने समाचारमा जनाइएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment