ज्योति लाइफको आइपीयो खुला, १० कित्ता भरे पुग्ने

डिसी नेपाल
२१ फागुन २०७७ १३:३२

काठमाडौं। ज्योति लाइफ इन्सुरेन्सले आज शुक्रबार बाट आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले एक सय रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गरेको हो। यसमध्यको ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ। बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यसको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल रहेको छ। यो आइपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिन्छ।

ज्योतिको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

पछिल्लो पटक ग्रिन लाइफ हाइड्रो पावर कम्पनीले जारी गरेको आइपीयोमा १५ लाखभन्दा बढी लगानीकर्ताहरुले आवेदन दिएका थिए। ज्योतिको आइपीयोमा पनि यो भन्दा धेरै आवेदन पर्ने अनुमान लगाउन सकिन्छ। १५ लाख लाई ६६ हजार कित्ताका लागि आवेदन दिएमा करिव ६ लाखलाई आइपीयो पर्ने सम्भावना छ। त्यसैले यो आवेदनमा पनि १० कित्ताका दरले आवेदन दिए पुग्ने देखिन्छ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ। आइपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *